खाडी गएको मान्छे म

खाडी गएको मान्छे म
दुई गाँस खान र परिवारलाई
दुई गाँस खुवानका लागि
टाढिगएको मान्छे म
आफ्नो सुख अनि दुःखलाई दुई पैसामा
बाँडिरहेको मान्छे म
देशमा केही अवसर नदेखी
खाडी गएको मान्छे म
मात्र सुनिने कुराहरू तस्करीका
देशमा बस्दा
कुरा सुन्छु म अझै दस थरिका
त्येही कुरा नपचेर,
खाडी गएको मान्छे म
दुई गाँस खान र परिवारलाई
दुई गाँस खुवानका लागि
टाढि गएको मान्छे म
आफ्नो माया ठाउँ-ठाउँमा
बाँडिरहेको मान्छे म
खासमा,
अन्तराआत्माको दाश हुँ म
परिरहेको छु,
आफूले बुनेको पासामा
कहिलेकाहीँ त लाग्छ,
म भावनाको रोगी हुँ
नानाथरिका सपना बुन्छु म,
लाग्छ म भोगी हुँ
यता उता डुलिराख्छु,
लाग्छ घुमिरहने जोगी हुँ
त्यसैले पनि देशमा केही नदेखी
विदेश गएको मान्छे म
दुई गाँस खान र परिवारलाई
दुई गाँस खुवानका लागि
खाडी गएको मान्छे म
टाढिगएको मान्छे म ।
लेखकको सम्वन्धमा