May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

बतास आइसक्यो मनमा…

बतास आइसक्यो मनमा कुन्नि के भयो
संसारकै राम्री हजुरको सम्झना आयो
भेट हुन्छ हाम्रो आशा मनमा छ
यी पहाड, खोला,  झरनाको सुन्दरताले मन छुन्छ

यो मेरो जिन्दगी केवल उनका लागि हो
मेरा मनभित्र छाएको खुसी उनकै देन हो
हेर्दा लाग्छ स्वर्ग कि अप्सरा हौ कि
यो मन, यो दिलमा खोजी बसौँ कि

यो मन किन चञ्चल छ
उनलाई भेट्न मन छ
बतास आइसक्यो मनमा कुन्नि के भय
संसारकै राम्री हजुरको सम्झना आयो ।