May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

गजल

प्रेम पत्र कोरी दियौ उत्तर दिन सक्दिनँ म
मनको प्यार पोखी उत्तर दिन सक्दिनँ म 

सबका सामु हातमा चिठी थमाएर गयौ
भित्र के छ थाहा छ तर उत्तर दिन सक्दिनँ म 

साथीहरूले सोद्धा ‘बाबालाई हो’ भनिदिएँ
फेरि बाबाले सोधे उत्तर दिन सक्दिनँ म 

पर्न त तिमी पनि उत्तिकै मनपर्छ मलाई
‘मन पराउँछौ भनी ?’ सोधे उत्तर दिन सक्दिनँ म ।