May 31, 2026, Sunday
२०८३ जेष्ठ १७, आईतवार

जीवन एक शून्य

This image has an empty alt attribute; its file name is सागर-पराजुली-765x1024.jpg
जीवन एक शून्य
शून्य एक जीवन
हेरेर दधीचि
अमरावती हल्लिरहेछ।
नारायणीको किनार
बगेर ढुङ्गा
बनेर सालिग्राम
पुजिन्छन् घर घर
तर, नरे विवश छ
घरको आँगन
पलासको फूल
किन छुँदैन सालिग्राम
म एक सर्बहारा
फाटेको धोती
टालेको भोटो बोकेर
नारायणीको तिरैतीर लागेको छु।
एक बिहान उदाउँछ
सूर्य दुम्सीको काँडा बनेर
घोचेर पाकेका पिलो
निको पार्न खिल
धने आरन पाइन हाल्दै छ।
पर कसाई
घिसार्दै छ मोटे कार्कीको खसी
बगरे भाग र आस बोकेर
ठुले
हेर्दै छ भाग।
केटो टालो बोक्छ
कर्‍याङकुरुङ आकाशमा
हुटिट्याउँ उत्तानो देखेर
माने निःशब्द छ
किनकि
जीवन एक शून्य
शून्य एक जीवन।