जीवन एक शून्य


शून्य एक जीवन
हेरेर दधीचि
अमरावती हल्लिरहेछ।
नारायणीको किनार
बगेर ढुङ्गा
बनेर सालिग्राम
पुजिन्छन् घर घर
तर, नरे विवश छ
घरको आँगन
पलासको फूल
किन छुँदैन सालिग्राम
म एक सर्बहारा
फाटेको धोती
टालेको भोटो बोकेर
नारायणीको तिरैतीर लागेको छु।
एक बिहान उदाउँछ
सूर्य दुम्सीको काँडा बनेर
घोचेर पाकेका पिलो
निको पार्न खिल
धने आरन पाइन हाल्दै छ।
पर कसाई
घिसार्दै छ मोटे कार्कीको खसी
बगरे भाग र आस बोकेर
ठुले
हेर्दै छ भाग।
केटो टालो बोक्छ
कर्याङकुरुङ आकाशमा
हुटिट्याउँ उत्तानो देखेर
माने निःशब्द छ
किनकि
जीवन एक शून्य
शून्य एक जीवन।
लेखकको सम्वन्धमा