वास्तुशास्त्र अनुसार विद्यालय र कलेजको संरचना
वास्तु के हो ?
वास्तु विद्या प्राचीनतम् विद्या हो । जसको उल्लेख प्राचीन ग्रन्थ ऋग्वेदमा पनि भएको छ । मानिस सुखको खोजी गर्ने क्रममा विभिन्न दुःखका कारणहरु खोज्न पुग्यो । मानिसको जीवन विभिन्न कारणले समस्या ग्रस्त हुन्छ । आफ्नो जीवन सुखमय बनाउन अनेकौं प्रयासहरु गरिएका हुन्छन् । ती मध्ये आफ्नो वासस्थान र त्यससँग सम्बन्धित क्रियाकलाप बनावट अवस्था, प्राकृतिक वातावरण, आदिको पनि नकरात्मक र सकरात्मक प्रभाव पर्ने हुन्छ । यसैका कारण सुखको खोजीमा अग्रसर हुँदा विज्ञानमा आधारित पृथ्वीको गुरुत्वाकर्षण, सौर्य उर्जा, हावा र विभिन्न किरणका बारेमा अध्ययन गर्दैजाँदा वास्तु (Vastu) को खोजी गरेको देखिन्छ । वास्तु ऋषि मुनीदेखि वर्तमानका सब कोहीका लागि आवश्यक पर्ने विज्ञान सम्बन्ध हुनका साथै व्यवहारिक पनि रहेको छ । यो विशुद्ध प्रकृतिमा आधारित हुन्छ । प्राकृतिक तवरले जिउनु वा प्रकृतिसम्मत जीवनयापन वा व्यवाहार चलाउनु भन्ने हुन्छ ।
वास्तु शब्दको अर्थ बस्ने वा बासको लागि योग्य भन्ने हुन्छ । कस्तो बसाइँ योग्य हुन्छ भनी अध्ययन गर्ने विज्ञान हो । वास्तु विज्ञान एक अत्यन्त विस्तृत र गूढ विज्ञान हो अर्थात के कस्तो जमिन कसरी र कस्तो प्रक्रियागत विधि एवम साइतमा के कस्तो खालको गृह वा विविध संरचना निर्माण गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ भन्ने विषयमा समग्र अध्ययन र विश्लेषण गर्ने विद्या नै वास्तुशास्त्र हो । प्राकृतिक पाँच तत्व पृथ्वी, जल, अग्नि, आकाश र वायु जस्तै मानिसमा पनि यी तत्व विद्यमान हुन्छन् । यिनै तत्वको सही प्रयोग नै वास्तु हो । यसको रहस्य र वास्तविकता सबैले थाहा पाएका हुदैनन् । थाहा नपाउँदा गलत दिशा वा स्थानमा गलत वस्तु राख्ने, निर्माण समय गलत हुने भवनमा भएका विभिन्न कुराहरु मुूलढोकादेखि सुत्ने, बस्ने, नुहाउने, पकाउने, खाने, पूजा गर्ने, पढ्ने आदि थुप्रै कोठाको चयन गलत हुने हुन्छ । अन्तत, यसको असर घरमा वा कोठाको अवस्थाका आधारमा बस्ने मानिसमा नकारात्मक असर पर्न गई स्वास्थ्य नराम्रो हुने खर्च वृद्धि हुने सुख र समृद्धि नआउने कलह, झगडा आदि हुने जस्ता थुप्रै समस्याहरु देखापर्न गई ती मानिसको भविष्य नराम्रो, राम्रो हुने कुरालाई वास्तुशास्त्रले अध्ययन गर्छ र सही निकास दिन्छ । यो अध्ययन, अध्यापन र त्यसको स्थानका विषयमा पनि लागू हुन्छ । मानिस सुखी, समृद्धि, स्वस्थ र प्रगतिको लागि जति कर्म र भाग्यको महत्व हुन्छ त्यति नै वास्तु अर्थात वासस्थान वा विभिन्न प्रयोजनको लागि उपयोग गरिने स्थानको पनि महत्व रहेको हुन्छ ।
शैक्षिक प्रतिष्ठानमा वास्तुको सम्बन्ध
जो सुकै मानिसले सकारात्मक उर्जा प्राप्तिका लागि अर्थात सुखी र समृद्धिका लागि आ–आफ्ना घर, फ्लाटमा प्रत्येक तल्ला वा कोठामा समेत वास्तु शास्त्रीय परम्परा अनुसार राखन् धरान वा बसोवास गर्नाले बहुपक्षीय लाभ हुन्छ । भाडाको घरमा वा कोठामा समेत गुजारा गर्नेको लागि समेत न्यूनतम वास्तु शास्त्रीय मान्यताको पालना गर्न जरुरी हुन्छ भने विद्यालय तथा कलेज वा शैक्षिक प्रतिष्ठानमा पनि यो महत्वपूर्ण रहेको छ । वास्तुशास्त्र अनुकुल हुँदा विद्यालय तथा कलेज वा शैक्षिक प्रतिष्ठानमा हुने सकारात्मक फाइदा र प्रतिकुल हुँदा विभिन्न कुरामा भएको नकरात्मक परिणामले त्यस शैक्षिक प्रतिष्ठानको भविष्य, त्यहाँको उन्नति प्रगति र विद्यार्थीहरुको प्रगति र सोचाइ कस्तो हुन्छ र कसरी बित्छ भन्ने निर्धारण हुने हुन्छ । वास्तु विज्ञान मात्र नभई यसका कारणबाट भविष्य कस्तो हुनेछ भन्ने निर्धारण हुने हुँदा पनि यो विद्यालय वा कलेजसँग र यसको संरचनासँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । पर्व दिशाबाट स्वास्थ्यवर्धक ऊर्जा र उत्तर दिशाबाट मानसिक शक्ति सन्तुलन राख्ने ऊर्जा पाइन्छ । पूर्वउत्तरबाट यी दुबै पाइन्छ । यी ऊर्जा प्राप्त हुने अवस्था कसरी हुन सक्छ सोहीअनुसारको संरचना तयार गरियो भने राम्रो हुनेछ ।
वास्तु अनुसार दिशाहरु
१. पूर्व दिशा (East Direction)
२. उत्तर दिशा (North Direction)
३. पश्चिम दिशा (West Direction)
४. दक्षिण दिशा ( South Direction)
५. उत्तरपूर्व दिशा (इशान) ( North East Direction)
६. उत्तरपश्चिम दिशा (वायव्य) ( North West Direction)
७. दक्षिणपश्चिम दिशा (नैऋत्य) ( South West Direction)
८. दक्षिणपूर्व दिशा (आग्नेय) ( South East Direction)
विद्यालय वा कलेजको संरचनाका सूचकहरु
१) माटो प्रकार २) स्थान वा जग्गाको प्रकृति, ३) प्रवेशद्वार
४) दिशा ५) रङ ६) पानीको स्रोत
७) विद्युत प्रणाली ८) स्वागत कक्ष ९) लेखा शाखा
१०) प्रमुख कक्ष ११) सौचालय १२) अध्ययन कक्ष
१३) स्टाफ कक्ष १४) पुस्तकालय १५) प्रयोगशाला
१६) सभा हल १७) प्रशासन १८) पूजा स्थान वा मन्दिर
१९) ग्यारे २०) खेल मैदान २१) सिँढी
२२) ढल वा सेफ्टी ट्याङ्क २३) पानी ट्याङकी २४) स्टोर
२५) नृत्य तथा गायन २६) पाकशाला २७) झ्याल ढोका आदि
१) माटोको रङका आधारमा विभिन्न प्रकारका हुन्छन् ।
ब्राह्मणी , क्षत्रीया, वैश्या, शूद्रा , मिश्रित यीमध्ये ब्राह्मणी ( छुँदा नरम, हेर्दा कमेरो, सुख्खामा फुकेको र भिजाउँदा लिसैलो, सुख, समृद्धि र शान्ति, यस्तो ठाउँमा घरगृहस्ती,स्कुल, कलेज,व्यापार आदि) र मिश्रित ( शैक्षिक प्रतिष्ठानका लागि उपयुक्त) मात्र उपयुक्त हुन्छ । अन्यमा पनि नहुने भन्ने हुदैन तर अलि बढी मिहेनत गर्नु पर्ने हुन्छ ।
२) स्थान वा जग्गाको प्रकृतिः
विद्यालय वा कलेजका लागि शान्त वातावरण भएको पूर्व,इशान र उत्तर दिशा भरसक खुला
भएको, सम्मुखमा कुनै उद्योग कलकारखाना नभएको, दक्षिण र पश्चिम दिशामा गहिरो नभएको
वा खोला, नदी,ताल आदि नभएको मिलेको जग्गा भएको राम्रो हुन्छ ।
३) प्रवेशद्वार : प्रवेशद्वार भरसक पूर्व वा उत्तर पार्ने अन्य दिशामा भए कुना र कनाको नजिकै नबनाउने ।
४) दिशा : भरसक पूर्व वा उत्तर पार्ने अन्य दिशामा फर्काउनु पर्ने भए विद्यार्थीले बस्दा पूर्व वा
उत्तर दिशा फर्कने अवस्था निर्माण गर्ने ।
५) रङ : निलो, हरियो र सेतो पहिलो प्राथकितामा राख्ने र अन्य रङ लगाउनु परे कालो र रातो बाहेक प्रयोग गर्न सकिन्छ ।
६) पानीको स्रोत : पूर्वउत्तर(इशान), पूर्व र उत्तरमा पार्ने प्राथमिकताका आधारमा ।
७) विद्युत प्रणाली : दक्षिणपपूर्व (आग्नेय)मा पार्ने, अर्को विकल्प दक्षिण ।
८) स्वागत कक्ष : पूर्व, पूर्वउत्तर, उत्तर वा मध्य भागमा राख्न सकिन्छ ।
९) लेखा शाखा : उत्तर, उत्तरपश्चिममा ।
१०) प्रमुख कक्ष : पदीय ढाँचाअनुसार प्राथमिकताका आधारमा दक्षिण पश्चिम(नैऋत्य), दक्षिण, पश्चिम र उत्तर पश्चिममा राख्न सकिन्छ ।
११) सौचालय : दक्षिण, पश्चिम र उत्तर पश्चिममा राख्न सकिन्छ ।
१२) अध्ययन कक्ष : आवश्यकताका आधारमा जुनसुकै दिशामा राख्न सकिन्छ तर कक्षा पूर्व, पूर्वउत्तर वा उत्तरतर्फ फर्केर अध्ययन गर्ने अवस्था बनाउनु पर्छ । सौचालय कहिले पनि अध्ययन कक्षको पूर्व, पूर्वउत्तर र उत्तर हुनुहुदैन ।
१३) स्टाफ कक्ष : प्राथमिकताका आधारमा उत्तर पश्चिम, उत्तर वा मध्यमा बनाउन सकिन्छ ।
१४) पुस्तकालय : प्राथमिकताका आधारमा पूर्व, पूर्वउत्तर, उत्तर, मध्य भाग र पश्चिम दिशामा बनाउन सकिन्छ ।
१५) प्रयोगशाला : जुनसुकै खालका प्रयोगशालाका लागि दक्षिण पूर्व अर्थात आग्नेय दिशा उत्तम हुन्छ । अर्को विकल्प उत्तरपश्चिम हुनेछ ।
१६) सभा हलः पश्चिम, उत्तर, मध्य भाग उत्तम हुनेछ ।
१७) प्रशासनः मध्य, पूर्व, उत्तर वा पसश्चम प्राथमिकताका आधारमा राख्न सकिन्छ ।
१८) पूजा स्थान वा मन्दिर : पूर्वउत्तर वा ईशान, पूर्व, मध्य र उत्तरमा राख्न सकिन्छ । यो ठाउँ सबै दृष्टिकोणले सफा र सुग्घर हुनुपर्छ ।
१९) ग्यारेज : दक्षिण पूर्व अर्थात आग्नेय, दक्षिण, उत्तर पश्चिममा पार्नुपर्छ ।
२०) खेल मैदान : उत्तर र पूर्वको हावा आउने भयो भने जुनसुकै ठाउँ पनि उत्तम हुनसक्छ ।
२१) सिँढी : दक्षिण, पश्चिम, उत्तरपश्चिम रउत्तरमा प्राथमिकताका आधारमा राख्न सकिन्छ । सिँढीको संख्या ३ ले भाग गर्दा ० शेष आउने हुनुहुदैन । शेष २ आएको राम्रो । ९ देखि ११ इन्च चौडाइ र ५ देखि ७ इन्च उचाइको हुनु राम्रो मानिन्छ र घडीको सुइ घुमेको दिशामा घुम्ने हुनुपर्छ । अन्तिममा प्रवेश गर्दा पूर्व या उत्तरमा प्रवेश गर्ने खालको हुनुपर्छ ।
२२) ढल वा सेफ्टी ट्याङ्की : पश्चिम र दक्षिणमा हुनुपर्छ । तर घरभित्र वा प्रवेशद्वारमा हुनुहुदैन ।
२३) पानी ट्याङकी : जमिनमुनिको पूर्वमा र घरमाथिको दक्षिण पश्चिम, पश्चिम र दक्षिणमा राम्रो मानिन्छ । तर प्रवेशद्वारमा, अन्य कोठामुनि राम्रो मानिन्दैन ।
२४) स्टोर : उत्तरपश्चिम, पश्चिम र उत्तरमा प्राथमिकताका आधारमा राख्न सकिन्छ ।
२४) नृत्य तथा गायन : दक्षिणपूर्व अर्थात आग्नेयमा राख्नुपर्छ ।
२५) पाकशाला(क्यान्टिन) : दक्षिणपूर्व अर्थात आग्नेयमा वा उत्तरपश्चिममा राख्नुपर्छ
२६) झ्याल ढोका : कम्तिमा २ वटा ढोका र ४ वटा झ्याल भएमा राम्रो मानिन्छ । पूर्व वा उत्तर फर्केर पढ्दा सहज हुने गरी झ्याल ढोका निर्माण गर्नुपर्छ । मूल ढोका कुनै पनि कुनामा राम्रो मानिन्दैन । भरसक मिल्ने भए पूर्व, पूर्वउत्तर र उत्तरमध्य नै कुनै एक दिशामा ढोका उत्तम हुन्छ । अन्य दिशामा राख्नु पर्ने भए प्रत्येक दिशालाई ५ भाग लगाउने ती मध्ये ३, ४ र ६ नम्बरमा पर्ने गरी बनाए धेरै हदसम्म राम्रो हुन सक्छ । अन्य सूचकहरु प्नि हुन सक्छन् । मुख्य मुख्य मात्रको चर्चा गरिएको छ ।
यदी यो नियम र विधिमा रहेर स्कुल कलेजको निमार्ण गर्ने हो भने सञ्चालकको पेसा व्यवसाय सही छ भने कुनै पनि समस्या पर्ने छैन ।
माथिका सूचकलाई थप स्पस्ट पार्न निम्न चित्रहले पनि सहयोग पुग्न सक्छ ।
लेखकको सम्वन्धमा