April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

नेता बिचको मिटिङ

सजल भट्टराई

आऊ, भनौँ संगै गर्छौँ, हाम्रो देशको विकास,
भाषणपछि फेरौँला बोली, चढाई दुई गिलास
जनताहरूले खान पाकै होलान, चामल रामबिलास,
त्यसैले चिन्ता लिन छोडिदेऊ साथी ! बरु खेलम एक गेम फलास
भोकाउने जनता कराइराख्छन् जसरी कराउँछ उडेको काग,
रमाउने जनता रमाइराख्छन्, खाएर दाल, भात, साग,
तर जस्तो जे भए पनि, कम हुनु भएन हाम्रो भाग,
त्यसैले आफ्नो कुर्सीको रक्षा गरौं नहोस् कहिल्यै दाग ,
जनता र झन्डा उस्तै हुन्,
जहिले फर्फराइ नै राख्छन्, जति माथि राखे पनि,
जहिले न्याय मात्र खोज्छन,
न्याय र राहात माग्दामाग्दै, हाम्लाई वाक्क पार्छन्
ह्या ! मागे मागून्,
लास्टमा हाम्लाई भोट खसाइहाल्छन् ।