पलायन मानसिकता र दुरावस्था
यो विश्व ब्रह्माण्ड आआफ्नै धर्ममा अडिएको छ ।सूर्य, चन्द्रमा, धर्ती, आकाशमा धर्म र धारण गर्ने क्षमता अटल छ। उर्ध्वगमी ऊर्जाले परिपूर्ण प्रकृतिभित्र, धर्तीमा कुनै त्यस्तो स्थन छैन जहाँ पैदाभएका प्राणी, जीवले आधार नपाओस् । जसको स्थान छैन त्यो यहाँ पैदा हुन पनि चाहँदैन । पैदा भएकाहरूका लागि बाँच्ने आधारहरू बिध्यमान हुन्छन् । जस्तैः बच्चा र आमा यही उदाहरण बुझ्नेका लागि सर्बोपरि छन् । स्थानको अभावमा अन्यको अभाव हुनु प्राकृतिक हो । सानो केराको बोटले ठूलो घरी थाम्न सक्दैन कि भन्नु दुखको आवरणले ढाकेको त्रास मात्र हो, न कि केराको बोत कम्जोर । प्राणीलाई धारण धर्तीले गर्छ, सन्तानको पालन पोषण आमाले गर्छिन्। किनकि जन्मदिने आमामा अठोट हुन्छ , जन्मभूमीमा ऊर्जा हुन्छ र सन्तान्मा पुष्ठिबर्धन् हुन्छ अनि आमा पनि हाँस्छिन्, धर्ती पनी सिँगारिन्छिन् ।
तर, आज बिपरीत भएको छ । दुबै आमाहरूले सोचेकाथिए कि छोराहरूका मुखमा हाँसो देखियोस्, रगतपसिना आफ्नै धर्तीका लागी बगोस् । उनीहरूले आफ्ना सन्तान विदेशीको दास बन्न ठुल्ठुला जहाज चढेर यात्रा गरून्, पराईका ठुल्ठुला महललाई आँसु, पसिना र रगतले सिँगारून् आँसुले मुसेको गाँस खाऊन् भन्ने कहिल्यै पनि सोचेनन् । पराईको भूमी सिँगार्दासिँगार्दै आफ्ना सन्तान लास बनेको दृश्य देख्दा उनीहरूको हृदय कस्तो होला ? आमाको इच्छा थियो- सके प्रगति गरेको नसके पाखा र पखेरी फोर्दै हिँडेको, झुपडीको वास भए पनि ढिडो र सिस्नु अग्यानाका डिलमा बसी हाँसेर खाएको दृश्य हेर्ने । तर परिस्थिति त्यस्तो भएन । सन्तान विदेशिए । आजको रुवाबासीको कारण यही हो । जुन दिनदेखि नेपालीको श्रम विदेशमा बिक्री हुनथाल्यो, त्यही दिनदेखि नेपालको ताजमा धमिरो लाग्यो, श्रीको नाश हुन थाल्यो, अमानव तत्त्वको आवरण हावी हुनथाल्यो । यो सम्पूर्ण विकराल अवस्थाको कारक हामी मानव नै हैँ ।
प्रतिकृया दिनुहोस्