कोरोना भाइरस, आर्थिक मन्दी र अबको आर्थिक नीति

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारी एकपछि अर्को हुँदै विश्वका प्रायः सबै मुलुकहरूमा आक्रामक ढङ्गले फैलिएको छ । यस महामारीले आजका दिनसम्म विश्वभरि डेढ लाखभन्दखा बढी मानिसको मृत्यु भएको छ । बाइस लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । हाल विश्वका धेरै मुलुकमा लकडाउन र कर्फ्यु लगाइएको छ । हालसम्म यो महामारी नियन्त्रणको कुनै औषधी पत्तो लागेको छैन । विश्वका कैयौँ युद्धहरू र प्राकृतिक प्रकोपबाट भएको आर्थिक नोक्सानीभन्दा यस भाइरसबाट अझै धेरै नोक्सानी भएको छ । हाल यसबाट बच्न कुनै औषधी र उपचारबाट सम्भव नभएको कुरा विज्ञहरूले बताएका छन् । एउटै मात्र उपाय विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले गरेका निर्देशन र नियममा रहेर मात्र सम्भव देखिएको छ । बाह्य सम्पर्कमा नआई घरमै बसिरहनु यस सङ्क्रमणबाट बच्ने एक मात्र उपाय सावित भएको छ ।
विविध विषम परिस्थितिसँग जुध्दा खस्किएको आर्थिक अवस्था तङ्ग्रिन नपाउँदै विश्वभर फैलिएको कोरोना महामारीले नेपाल र नेपालीलाई पनि अति जोखिममा पारेको छ । छिमेकी देश तथा विश्व परिवेशसँग सम्पर्क दूरी बढाएको छ । २०७६ चत्रै ११ देखि सुरु भएको लकडाउन पटक पटक गर्दै २०७७ वैशाख १५ सम्म घोषणा गरिएको छ भने त्यसपछि पनि खुलिहाल्ने सम्भावना देखिँदैन । खस्कँदो विश्व अर्थव्यवस्थाको प्रभाव नेपालमा प्रत्यक्ष परेको छ । हाल नेपालमा आयात निर्यात ठप्प भएको छ । कैयौँ श्रमिक, मजदुर र दैनिक ज्यालादारी गरी जीवीका गर्ने गरिब नेपालीहरूको पारिश्रमिक र ज्याला गुमेको छ । पर्यटक आगमन बन्द हुनाले पर्यटन तथा पर्यटकीय आमदानी बन्द भएको छ । वैदेशिक रोगजारीबाट प्राप्त हुने रेमिट्यान्स ठप्प भएको छ । देशभित्र सञ्चालित उद्योगधन्दा, कलकारखाना व्यापार व्यवसाय चौपट भएका छन् । ठुल्ठुला लगानीकर्ताहरूको लगानी डुब्न लागेको छ । धराशायी बनेका उद्योग कलकारखाना पुनः सञ्चालन गर्न झन् कठिनाइ बन्ने निश्चित छ । कृषि उत्पादन र पशुपालन व्यवसाय आवश्यक मल, बिउ तथा उपकरणहरूको अभावमा चौपट बनिरहेको छ । स्वदेशी उत्पादन घट्नु र विदेशी आयात ठप्प भएपछि खाद्यान्न, फलफूल, तरकारी र औषधिमुलोको अभावमा खाद्य सङ्कट र थप महामारीको जोखिम बढ्ने देखिन्छ ।

महामारीको चिन्ता र अभावले थप जोखिम बढ्ने सम्भावना छ । सरकारी तथा गैरसरकारी अस्पताल, शिक्षालय, निजामती सेवा, बैक तथा वित्तीय क्षेत्रहरू पूरै बन्द हुनाले लाखौँको भविष्य अन्धकार बनेको छ । कैयौँ बिरामीहरू अस्पतालको सेवा नपाई घरघरमा नै तड्पिन बाद्य छन् । बैंक तथा वित्तीय संस्थाबाट कारोबार ठप्प हुनाले आर्थिक कारोबार प्रायः शून्यमा झरेको छ । भौतिक तथा विकास निर्माणहरू महामारीका कारण लक्ष्यअनुसार अघि बढ्न नसक्ने अवस्थामा छन् ।
दिनानुदिन महामारीको सङ्क्रमण बृद्धि हुँदै जानाले मानिसमा निराशा छाएको छ । विश्वका शक्ति र विकसित राष्ट्रहरूले पनि कोरोनाको अति उच्च जोखिम बेहोरिरहेको यस चुनौतीपूर्ण घडीमा नेपाल र नेपालीमा त्रासले महा सङ्कट निर्माण गरेको छ । स्वास्थ्य उपकरणको यथोचित व्यवस्था हुन नसकदा उपयुक्त समयमा सङ्क्रमितहरूको स्वाथ्य जाँच गर्न सरकारलाई नै धौधौ परिरहेको छ । छिमेकी देश भारतमा दिनानुदिन सङ्क्रमित र मृतकको सङ्ख्या गुणात्मक रूपले बढिरहेको छ । खुल्ला सीमानाका कारण भारतबाट लुकिछिपी नेपाल भित्रिनेहरूका कारण नेपालका खास गरी तराई क्षेत्रमा कोरोना सङ्क्रमण बढ्ने सम्भावनालाई दृष्टिगत गरी नेपाल सरकारले लकडाउनको अवधि अझ केही दिन बढाउने निश्चित छ । यसबाट नेपालीहरूलाई जीवन रक्षाका लागि अझ कठिन पर्ने देखिन्छ ।
नेपालीहरूको ऐतिहासिक घटनाक्रमलाई हेर्दा जस्तासुकै विपत्तिहरूको सामना गर्ने बानी परेको देखिन्छ । प्रथम र द्वितीय विश्वयुद्धमा संसारका थुप्रै देशहरूमा गोरखा भर्तीकेन्द्रका नाममा नियुक्त वीर नेपालीहरूले आफ्नो बहादुरीको परिचय दिइसकेका छन् । वि.सं. १९९० को भूकम्पको जोखिम त्यसपछिका विभिन्न समयमा भएका बाढीपहिरो भूकम्प, सुख्खा अनिकाल र महामारी बेहोर्दै आएका नेपालीहरू अहिलेको कोरोना भाइरसको महामारी पनि बेहोर्न तत्पर देखिएका छन् । लकडाउनको उचित पालना, होसियारी र धैर्यले गर्दा देशविदेशका नेपाल
