December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

गजल

गीता नहर्की

सम्बन्धको गहिराइमा, मोति टिप्ने धोको
हाँस्नु पर्ने जताततै कसले देख्ने रोको ।

देखाउनै किन पर्यो, कमजोर ठान्छु दुनियाँ
आजभोलि लाग्छ कता, फ्याक्नु पिरको पोको।

छातिभित्र आगो बल्दा लप्का मुटु छुन्छ
जलि बल्ने खरानी नि, हुनु पर्छ चोखो ।

थोपा थोपा आँसु साँची सजाएको खुसी
सँगालेर राख्न खोज्दा कता पोख्यो पोख्यो ।