रहर
साँझ झमक्क पर्न लाग्दा
घर पुग्नको हतारो छोडी कुनै
खुल्ला चौरमा बसी
त्यो सुनौलो रङ्ले रङ्गिएको आकाश
मनभरि हेर्ने रहर छ
घर फर्कँदै गर्दाको अँध्यारो गल्लीमा
कुनै मानिसको छाया मात्र देख्दा पनि
बड्ने मुटुको धड्कन
त्यो डरबिना निर्धक्कसँग
हिँड्ने रहर छ
बस, माइक्रोका भिडमा उभिँदा
आफ्ना वरिपरिका मान्छेसँग
झुक्किएर ठोक्किदा पनि
तर्सिंदै होइन, सङ्कालु भएर पनि होइन
मुस्कुराउँदै यात्रा गर्ने रहर छ
कहिलेकहीँ घर पुग्न अलि ढिला हुँदा
आमाबुबा चिन्तित भै
के लिन आउनुपर्छ ? भन्ने प्रश्न
कारण म वहाँहरूको छोरा नभई
छोरी हुनुको त्रास
मेटिएको हेर्ने रहर छ
बलात्कारीको पक्राउका लागि
महिनौँ माइतिघर मन्डलामा
धर्ना र जुलुस होइन
बलात्कारी बन्नुअघि
हजार पटक सोच्नु परोस्
येस्तो कनुन आएको
हेर्ने रहर छ ।
लेखकको सम्वन्धमा