February 16, 2026, Monday
२०८२ फाल्गुन ५, मंगलवार

यात्रा संस्मरण : खरेलथोक पाँचखालदेखि दुप्चेस्वर महादेव नुवाकोटसम्म

लेखक : हरि कृष्ण पाठक
सम्पादक : आर्सि भट्टराई

यात्रा संयोजक भोलानाथ खातिवडा  , अन्य साथीहरु नबराज सापकोटा ,राम प्रसाद सर , ज्ञान बहादुर श्रेष्ठ , बद्रि  प्रसाद पौड्याल , पूर्ण  तामाङ र मनोहर पाठक |

धेरै वर्षको शिक्षण अनुभव पछिको अनिवार्य अवकाशको मिति नजिकै आइपुग्दा मनमा एक किसिमको तरङ्ग  उठ्ने रहेछ| आफुभित्र बाट केही  हराउन लागेको अनुभूति गर्दै परीक्षा शाखाको ढोका अगाडि बरन्डामा उभिइरहेको थिए | ,तल गेटबाट भोला सर भद्र शैलीमा मेरो नजिक सिढी  चड्दै आइपुग्नु भयो| सुमधुर मुस्कानका साथ मुस्कुराउदै म भए तिर पुलुक्क हेर्दै अगाडि बडी रहनु भएको थियो र उहाँ  मेरो अगाडि आएर टक्क अदिनु भयो | हँसिलो  अनुहार र रसिलो बोलीमा मलाई  सोध्नु भयो ,सर भोलिको प्लान के छ तपाइको ?  घुम्न गाने हो त भोलि कतै ? मैले भने कता जाने हो र  ? नुवाकोटको दुप्चेस्वोर  महादेव स्थानसम्म जाने हो कि भन्ने सल्लाह भएको छ | के गर्ने ? मैले पुनः सोधे कति दिने यात्रा हो र ? उहाले एक दिन वा त्यो दिन नभए भोलि पल्ट बिहान आइन्छ | भोलि तिन गते बिहान गाडी वा बाइकको व्यवस्था हुन्छ भनेर भन्नुभयो | मैले हुन्छ सर त्यसै गरौ न त भने |   तिन गते बिहानको पूर्वी क्षितिज्मा देखिएको लालीसँगै उठे र लागे आफ्नै नित्य कर्मतर्फ | काम  सकेर भोला सरलाई फोन गरे | जवाफमा उहाँले  म बाइकमा छु | होक्से आइपुगे  तपाइँ तयार भएर बस्नु भन्नुभयो | त्यसपछि यहाँसम्म किन दुख दिने , समयको बचत पनि हुन्छ, बिहानको हिडाई पनि हुन्छ भनेर म घरबाट शुभम् कल्याणं भवन्तु  शुभ मुहूर्त मस्तु शुभ यात्रा को स्मरण गर्दै प्रस्थान गरे | झन्डै एक किलोमीटर यात्रा तय गरेपछि भोला सरसँग भेट भयो | त्यसपछि एकापसको भलाकुसारी सँगै अगाडी बढ्यो हाम्रो सुनौलो यात्रा | टाढाको साथीलाई घर सम्मै लिन पुग्नु , सबै साथीलाई समेट्दै यात्राको सम्बन्ध  जोड्ने जस्ता असल गुण छन् उहासँग | दशैंको मुखैमा सबै काम छोडेर साथीहरुलाई समेट्दै यात्राद्वारा सबैलाई आनन्द दिलाउनु उहाँको  एउटा  मात्र पबित्र उद्देस्य मैले अनुभूत गरे | यो हामी यात्रामा सह्भागी सबैका  लागि सुवर्ण अवसर थियो | यस्तै यस्तै कुरा मनमा उब्जिरहेका थिए | यार्त्राको दौरानमा केही  साथीहरु पाँचखालमा समेट्दै र अन्य साथीहरु बनेपामा भेट्ने सक्ल्लाहसँगै हामी बनेपाको तिन दोबाटोमा जम्मा भयौ |  

यात्रामा सहभागी साथीहरु मध्ये हामीसँग दुइजना साथीहरु यस्ता हुनुहुन्थ्यो  कि दुई वर्ष अगाडी नै सरुवा भएका भए पनि हामीसँगै भएको अनुभूत  हुन्थ्यो | रामचन्द्र भट्टराई र नबराज सापकोटा सर | उहाँहरु  सँगको  यात्राले रमाइलो अवस्य हुन्छ भन्ने मा  विस्वस्थ थियौ नै | बनेपाबाट सुरुभएको हाम्रो यात्रा कोहि बाइक तथा कोहि गाडीमा सवार भएर | करिव दुई घन्टाको यात्रा पछी हामी जम्मा भयौ टोखा बजार काठमाडौँ मा | सबै जना जम्मा भए पछी सामान्य खाजा र नास्ता गरि पाँच वटा मोटर साइकलमा सुरु भयो हामी नौ जनाको सुनौलो दुप्चेस्वोर महा देवको धार्मिक यात्रा | साथमा थियौ हामी म सहित भोला ,मनोहर , राम चन्द्र , नबराज ,ज्ञान बहादुर ,राम प्रसाद ,बद्रि ,पूर्ण र म हरि कृष्ण | मनोहर सर नुवाकोट कै हुनाले सजिलो थियो हामीलाई यो यात्रा उहाको चालक हुनुहुन्थ्यो पूर्ण सर | त्यसैले उहाहरु लाग्नु भो बाटामा अघि अघि र हामी लाग्यौ पछि पछि | यस्तो लाग्थ्यो यात्रा कि त्यहाका हरिया बन जंगल रुख पहाड पाखा र पखेरा हाम्रै निम्ति बनेका हुन् | मनोहर सर र पूर्ण सरलाई पछ्याउदै उकालिन  लाग्यौ | सैनिक ब्यारेकका रमाइला कला सिर्जना , उकालो वोरालो बाटो ,अनौठो भूगोल ,हामी सबैका आखाँ प्यासी भएका थिए | हेर्दै रमाउदै अबको हाम्रो यात्रा थियो ओरालो तर्फको | नुवाकोटे हरियाली जंगलको चिसो हावा पान गर्दै जाल पानका लागि हामी पुग्यौ फेदीको गुर्जे बजारमा | त्यसै स्थानमा अगाडी नै  पुगेका साथि हरुले खाना नै  खाने गरि बिबरण तिपाई सकेको हुनाले हामी ले लामो समय सम्म पर्खनु परेन | खान पछि को केहि समय हामीले नाजिकैको झरना मा गएर फोटो सेसन गर्यौ | जसले हाम्रो यात्रालाई अबिस्मरनिय बनायो | हामीले कल्पना गरेको भन्दा नुवाकोट भिन्न लाग्यो | हामी   सोचेको भन्दा त भिन्न पो रहेछ |

कति  राम्रो  हरियाली वातावरण जताततै पानीका स्रोतहरु अनगिन्ति देखिने छन्छन  गर्ने झरना हरुले सुसज्जित वातावरण साँची मानिसले नै निर्माण गरेर टक्रक्क राखिदिएको जस्तो रहेछ | यिनै रमाइला प्राकृतिक छटाहरु माझ रमाउदै त्यहाँका नदी किनारका यात्रा सबै साथीहरुको मन उत्साहित देखिन्थ्यो |

                       कान्ला गरा सबैतिर खेती खेत भाको |

                     प्रकृतिले साँची त्यहाँ माया प्रिती लाको ||

                     मबोहर सरको घर त्यहि बेसीको फाँटमा |

                    लाग्यौ हामी दुप्चेस्वोरको दर्शन गर्ने आँटमा  ||

हेर्दा  भित्री मदेश जस्तै देखिने यो सुनौलो उर्भराभूमि  देखेर हेरेर  कहिल्यै तृप्त भईएन | यात्राको गतिसँगै हामी रामचन्द्र ,नबराज लगाएत हामी अलि छिट्टो पुग्यौ | त्यहाँको ताडी नदीको गति सँगै रमाउदा रमाउदै सबै साथी हरुकों उपस्थितिमा हामी नौ जना यात्री हरुताडी नदीको पुल तरेर पारि पट्टि पुगेर दुप्चेस्वोर्को सिढी चदना थाल्यौ | बिचमा सरसफाइका लागि राखिएका बिस्राम स्थलमा बसेर केहि भोटो तथा भोडियो खिच्ने काम गरियो | तत्पश्चात हामी यात्रीहरु दुप्चेस्वोर ओडार भित्रको चिप्लो बाटो तिर लाग्यौ |ओडार भित्र महादेवको दर्शन गरि प्रसाद ग्रहण गर्ने कार्य भयो |तत्पश्चात हामी कह्ही समय ताडी नदीको किनारमा रमाउन थाल्यौ | माछा जालमा पारेको ,नदी हामफालेर बगेको तथा कन्चन पानीमा छाल आएको रोमान्चक दृश्यमा रमायौ हामी र गास्यौ मित्रता पानी सँग पनि | यस्त्तो लाग्थ्यो नदी  आफै हाम्रो स्वागतमा अनेक नाटक मन्चन गरिरहेको छ | यात्राको थकान र दौड धुपका कारण हामी अत्तालिसकेका थियौँ | हामी पुनः अघि आएकै बाटो फिर्ता भयौ | रात झमकै परिसकेको ,बाटो हाम्रो लागि सर्वथा हाम्रो लागि नयाँ र पहिलो थियो | बीच बाटामा केही  समय चियानास्तामा लागेपछि हामीले समात्यौं बाटो बास तर्फको  | रातको अन्धकारमा हराई रहेको बिदुर  बजारको होटेल दरबार भियु पुगेर बिस्राम लियौं हामीले | आर्थिक तथा अन्य व्यवस्थापनका लागि ज्ञान बहादुर सरलाई सबैले धन्यवाद दिदै आजको दिनको थकान मेटाउन सयनागर तर्फ लाग्यौं |

भोलिपल्ट बिहान चार बजे निद्राबाट ब्युझिएपछि मलाई बाँसुरी बजाएर सांगीतिक योगाभ्यासमा डुब्न मन लाग्यो | तत्पश्चात मैले तिरिरी मुरली बज्यो बनैमा नामको सुमधुर धुन बजाएपछी साथीहरुको पनि निद्रा खुलेछा क्यारे ,आर्सि सर आएर तालि बजाउदै अब जागिर छोडेर के भो र अब बाटामा बसेर धुन बजाए पनि पैसा हुने भो भन्दै जिस्क्याउनु भो | बाँसुरीको धुन मैले कही  समय रोके | अनि मनोहर सरले अझै बजाउनु होस् न सर क्या आनन्द आयो भन्नु भो | त्यस पछि मैले केहि धुन हरु बजाए | केहि समय आराम गरी  बिहानको नित्य कर्म सकेपछि हामी त्यस होटलबाट निस्कियौं | करिव आधा घण्टा जतिको उकालो बाटो पार गर्दै नुवाकोट दर बार ,भैरव मन्दिर जस्ता ऐतिहासिक महत्त्वोका ठाउँहरुको अवलोकन गर्न सबै साथीहरु त्यहाँ पुग्यौ | देबी दर्शन र नुवाकोटे राजाको दरबारको पुनः निर्माण भइ रहेको कलात्मक दृश्य हेर्दै करिव आधा घन्टाको चिया नास्ता पछी हामी सबै लाग्यौं वोरालो | अबको यात्राको गन्तब्य भनेको देविघाट दर्शन  थियो |

२०८२ असोज ४ गतेको झुसिलो बिहानी | कुहिरोमा हराएको बाटो छाम्दै हामी त्यस तर्फ लाग्यौं | यो स्थान वास्तवमा अनुपम प्राकृतिक सुन्दरताको नमुना नै रहेछ| ताडी र त्रिसुली नदीको नदीको संगम या पबित्र स्थलमा पुग्दा मन नै फुरुङ्ग भयो | यस अनुपम स्थलमा आर सी सर ,नबराज सर ,बद्रि सर लगाएतका  साथीहरुको उत्साहित कुराकानीमा रमाउदै देबी घाट मण्डला भित्रका देव देवी देवताको दर्शन गरियो | देवी घाट सत्तल भित्रका दुई जना भक्त सज्जन को भजन किर्तनको  गुन्जाहटले म लगाएत सबैलाई आकर्षित गर्यो | म नजिक गएर भजन र हार्मुनियमको तालमा सुर मिलाउन थाले | मेरो सांगीतिक सुर ताल देखेर मलाई भित्र भोलाउनु भो र बस्न आग्रह गर्नुभो | उहाको आउनु होस् बस्नुहोस र बजाउदै गाउनुहोस भन्ने भनाइले म मा एकाएक उर्जा भरियो | त्यसपछि सुरु भयो भजनको  काभ्रेली गायकीको धमाका | मेरो सुरिलो स्वोर का पारखी साथीहरु सबै क्रमश : आउनु भो भित्र र सुरु भयो हाम्रो सामुहिक आवाज ,सुर , ताल , गायन पनि | साथमा मन्दिरका पुजारीको प्रवेशले वातावरण झन् रमाइलो भयो | हाम्रो सामुहिक प्रस्तुतिले केहि समय देवी घाट हामीले नै कब्जा गरेको आभास भयो | साएद यस यात्राका अनेकौ स्मरणीय पल मध्ये यो पल पनि यादगार रहनेछ हाम्रो लागि |

अबको हाम्रो गन्तब्य थियो काठमाडौँ | सामान्य चियापान र स्वेच्छिक  खाजा नास्ता पछि ककनीको बाटो हुदै काठमाडौँ पुग्ने र बाटामै खाना खाने सल्लाह गरि सुरु गर्यौं मोटर साइकल भुटुटुटुटुटु | त्यताको बाटो हिले भएको र यात्रा कठिन हुने कुरा हामीलाई थाहा भएन | मोटर साइकलले  मान्छे बोक्नु पर्ने तर हामी यात्री भयौ विवस मोटर साइकल बोक्न | करिव तिन घन्टाको पौठेजोराइसँग  हिलो माटो र धुलो माटोको अनुपम सृंगारसहित उत्रियौ काठमाडौँ | यहाँ अनौठो के भयो भने बाटो बिराएर हामी सँग छुटेका भोला सर र राम प्रसाद सर भने भद्र गुडाइमा अगाडी नै पुगी सक्नु भएको रहेछ |

आकस्मिक रमाइलो यात्रा सँगै हामी जम्मा भयौ बालाजुमा | सामान्य रोटि तरकारी खाजा पश्चात अब हामी छुट्ने तरखरमा लाग्यौ |  हिन्दू नेपालीहरुको महान पर्व दशैंको समय भएको  हुनाले  हामी सबै हतारमा नै थियौ | अबको हाम्रो यात्रा एकल हुने पक्का भयो | समुहका साथीहरु आ आफ्नै बाटो समात्न थाल्नुभो | यस यात्राले हामी सबैलाई एउटा नयाँ उर्जा थपेका अनुभव भएको छ | यात्रा छोटो ,मिठोमात्र भएन संघर्षपूर्ण पनि भयो |  यस यात्राको तारतम्य मिलाउने भोला सर ,मोटर साइकल चलाउने आर सी सर , बद्रि सर पूर्ण सर राम प्रसाद सर ,नबराज सर र हामी सह यात्री सबैमा हार्दिक धन्यवाद तथा आभार | फेरी पनि यस्तै यस्तै यात्रा गर्न पाइयोस | हाम्रो साथ र सहयोग जीवन भरि रहि रहोस | हाम्रो यात्रा र मिलन तह घनिष्टता सबैका लागि नमुना बन्न सकोस | यहि सुभेच्छा सहित यस पटक को यात्रा बाट बिस्रान्ति | भनिन्छ एउटा यात्राको समापन अर्को यात्राको उद्घाटन पनि हो | आजलाई अस्तु | सबैको जय होस् |