ज्ञानका कुर

(यो ‘क’ देखि ‘ज्ञ’ सम्मका वर्णहरू क्रमशः प्रयोग गरिएको एउटा प्रयोगमूलक कविता हो ।)
कः कहाँ जाऊँ कसरी कहूँ म त कति मनमा भएका कुरा
खः खर्चैखर्च बढेर खान नपुगी खट्टिन्छ फेरि पूरा
ग: गर्नुगर्छ कति गयाे कति त गौरव छ गाेर्खाालीकाे
घ: घाटा छ घरमा घमन्ड नगरी घुस खान पाए निकाे ।।
ङ: ङ्याउ ङ्याउ गरी गयाे कतै त ङ्यार गर्छ फर्की उता
च; चञ्चल छ मनमा चलाउछु भनी चल्दैन आफ्नो बुता
छ: छाेराछाेरी छन्, छहराहरू छन् छैन छहारी तर
ज: जसले जित्छ जित्यो जे गर्छ जाेसुकै जीवनभर तेस्तै गर।।
झ: झस्किन्छन् झगडा हुँदा तरपछि झ्युम्मिन्छन् झ्याम्मै हुँदा
ञ: ञाँ गरी रुने कति थरी झार्दै आँसुका बुँदा
ट: टाढा गई टपटप टिपेर नहुने टेके टाकुर पनि
ठ: ठग्छन् ठग्नेहरू ठटाउछन् कति थाक्तै छन् ठाेक्ने पनि।
ड: डम्फु डाँफे डम्बरु पनि यहाँ डाेकने र डाेली कति
ढ: ढिक्की ढुकढुक चलाई ढिँडाे खानु है ढाँट्नु हुँदैन रत्ति
ण: लाग्छ अगाडि ‘ऋ’ थपि दिए ऋण त्यसको नामेस्वर
त: तेस्लाई तपाईं बुझिदिनुहवस् तेही हुन्छ ताताे तर।
थ: थप्छ फेरि थियाे भनेर मनमा थाहै नपाईकन
द: दाताले पानी दिन्छ दाेब्बर लिने विचार छ उसको मन
ध: धनै हाे धेरै भए र धैर नहुने धिकार्छ धाेका हुँदा
न: नभइ नहुने नभेटिने कतै न आउँछ क्वाँ क्वाँ रुँदा ।।
प: पहाड पर्वत पूर्बदेखि पश्चिमै पानी छ पल पल महाँ
फ: फल्छ अन्न फुल्दछ गुराँस फल्छन् अनेक फल यहाँ
ब: बाटाे छैन बिजुली बल्न कठिनाइ बेस छैन बाेल्दा गए
भ: भर्खर भारतमा भएछ छलफल भै यात भाइ भए ।।
म: मट्टीतेल मसला महगाे अति नै माल छैन माग्दा महाँ
य: यहाँ थ्याे यसरी भनेर यति ता काे भन्न सक्ला यहाँ
र: राख्ने रहर छ रहँदैन रहे पनि राम्रो हुँदैन यहाँ
ल: लडाइँ लाग्दछ लड्नु हुन्न लौ है बेस् छैन लड्दा महाँ ।।
व: वकिल वाक्क भएर वास्तविक कुरा वास्तै नगर्ने भए
श: शक्ति शूर र शिष्टता भुलिएला धेरै शाेक शङ्का रहे
ष: षड्यन्त्र नगरी षट्काेण भए झैँ पुरुषत्प भाषा भन
स: सहयोग गर सुसारे नबन समाल सारा जन ।।
ह: हौँ हामी हँसिला हरियाे वन छ हाम्रो हाे है सम्पत्ति
क्ष: क्षेपाराे नबनी त्याे भाेलि नभनी रक्षा गरौँ हे अति
त्र: त्रासै हुन्छ त्रिवेणी भेट गरदा त्रिशक्ति लागु भए
ज्ञ: ज्ञानी भईकन ज्ञानका गर कुरा सप्रिन्छ ज्ञाता रहे ।।
लेखकको सम्वन्धमा