बहाना

रात बित्न पो गाह्रो रैछ
दिन अरूको हाँसो देख्दादेख्दै बित्छ
बस, तिमीले बहाना बनाएर छाड्यौ
त्यो त तिमी र म मात्र बुझ्न सक्छौँ
रातले त बुझ्दैन
मुटुलाई दुखाई दुखाई आँसु निकालिदिन्छ।
बहानाले पो खराब भएँ म
कुनै समय म नै दुनियाँ थिएँ
त्यति बेला मेरा दुःखमा रुन्थ्यौ
अहिले त मेरा दुःखमा अरूसँग हाँसेको देखिन्छ
अब त यस्तो भइसकेछ
हिजो भन्थ्यौ- ‘तिमी बिना बाँच्नै सक्दिनँ’
तर आज अर्कैसँग हाँसी हाँसी नाचेको देख्दा
गज्जबको मिठो लाग्छ मलाई तिम्रो माया !
के गरूँ !
सहनु जति पीडा सहेकै हुँ
आखिर आफैँ टाढा हुनुपर्ने रहेछ
बिस्तारै टाढा हुँदै छु
मनले मानेर होइन
मनलाई मनाएर टाढिँदै छु
म तिम्रो होइनँ रहेछु
तिम्रो अरू नै कोही रहेछ
त्यसैले त म पनि
टाढिने बहाना बनाउँदै छु
तिम्रै खुसीका लागि
तिमीलाई नै छाड्दै छु
पटक्कै माया नगरेझैँ बहाना बनाउँदै छु
यो मन न हो
सम्झिरहन्छ तिमीलाई
तर पनि निष्ठुरी भएको बहाना बनाउँदै छु ।
लेखकको सम्वन्धमा