भर्याङ
धेरै वर्षअघि नै कथा सुरु भएको
हजुरबाले ऊ बेला भर्याङ एउटा बनाको ।
घरमुनि बारीमा सुरिलो रुख पाइयो
सबैभन्दा अब्बल भर्याङ त्यही भइगो ।
भर्याङका ती खुड्किला गफ धेरै लाउँथे
आफू जस्तो सेवक कोही छैन भन्दथे ।
एक दिनको कुरा हो त्यही भर्याङ भाँचियो
मर्मत हुने आशामा भर्याङ त्यसै थन्कियो ।
उसको आशा टुटाउँदै नयाँ भर्याङ ल्याइयो
चिरिएको घाउमा नुनचुक लाइयो ।
आच्छु ! जाडो हटाउन दाउरा धेरै चाहियो
भाँचिएको भर्याङमा दनदन आगो लाइयो ।
त्यो आगाको ज्वालाले झल्को एउटा देखायो
मानिसले मानिसलाई भर्याङ जस्तै बनायो ।
लेखकको सम्वन्धमा