पहिलाकाे दसैँ
![](https://jharanasanchar.com/wp-content/uploads/2024/12/Copy-of-januka-devi-dhungel-1024x576.png)
नौरथा सुरुकै दिनदेखि नै घरघरै राख्थे जमरा पनि
देवीकाे महिमा अपार छ भनी गर्थे चण्डी पाठ अनि
नवमीका दिनमा नौकेटी खुवाई गर्थे बटुकाे पूजा
बटु भनेका कुमार केटा हुन् अर्थ यसको आफैँ बुझ ।।
षष्ठीका दिनदेखि नै भेला भई भाइ बन्धु खान्थे अनि
पालैपालाे गरी दसमीसम्म नै घरघरै जान्थे त नि
तल्ला घर, माथ्ला घर, छेउघर, पाखाघर टीकामा ठुलाघर
खाएका मिठा चिज जिब्रोमा छअहिले पाइन्न तेस्ताे तर ।।
टीकाकाे दिनमा पहिले जाँदथे थरी र सुब्बाकहाँ
मान्ने चलन थियोे तल्सिङ पनि किपट थियाे जसको त्यहाँ
पट्किन्थ्याे बन्दुक रमाउँथ्यौँ हामी साइत यही हाे भनी
पहिलो टीका घरघरमै हुन्थ्याे अनि त अन्तै जाने ।।
बडाबा, कान्छाबा घरमा टीका लगाई मावली कुद्थ्यौँ अनि
सानाकाे मावल ठुलाहरू जाने माइत ससुरल भनी
चिनी, मिश्री, कुराउनी जे चिज हाेस् बाेहाेतामा राख्तथे
नाताे बाँदेकाे भन्थे सिन्काले गाँसेर पात लाईकन ढाक्तथे ।
सिसाहार भनिन्थ्याे त्याे लाने चिजलाई लान्थे नि अड्कल गरी
थिएन त्याे बेला ब्याग न झाेला बाेक्थे नि कुम्लो पारी
सुका माेहाेर दक्षिणा पनि दिन्थे सय हजार थिएन नि पाेहिले
पाँच पैसा दस पैसा महत्त्व धेरै थियाे राख्ने त थियाे थैली ।।
लेखकको सम्वन्धमा