जिन्दगी !
सधैँ खुसी रहिरहे
आनन्दमा रमाइन्छ
सधैँ दुःखी भइरहे
भय र त्रास जाग्दछ ।
तुलना गरी बसिरहे
लक्ष्य आफैँ हराउँछ
पर्खाइमा अल्झिरहे
अल्छी भई बसिन्छ ।
देखासेखी गरिरहे
बर्बाद हुन्छ सधैँभरि
सिकाइमा जागा भए
किताब बन्छ जिन्दगी ।
मानवको यो जुनीमा
माया बाँडौँ सधैँभरि
जन्म-मृत्यु भइरहन्छ
सम्झने बनोस् जिन्दगी !
लेखकको सम्वन्धमा