December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

कविता

शब्द शब्दमा  अर्थ हुन्छ रे
कविकाे कविताले मुटु छुन्छ रे
कुनै   कविता हसाँउने हुन्छ रे
कुनै सुन्दा त मनै रुन्छ रे ।

कविता लेख्नेले देख्या हुन्छ रे
सबै समेटी लेख्या हुन्छरे
कुना कप्चेडा पुग्या हुन्छ रे
पाखा पखेराले पनि सुन्छ रे ।

माया प्रेमका कुरा हुन्छरे
राजनीतिमा सुझाव दिन्छ रे
बुढापाका नि खुसी हुन्छन् रे
कविता  भनेसि बसी सुन्छन् रे ।

बालबालिकाले चासाे लिन्छन् रे
सिकेर लेख्नलाई  मन दिन्छन् रे
आसु कविले ठाउँमै लेख्छन् रे
सूर्यभन्दा नि छिटा देख्छन् रे ।

सानो  ठुलो काेही छैन भन्छन् रे
घमन्ड गर्नेलाई तुच्छ ठान्छन् रे
मनकाे महिलाे लेखी धुन्छन्  रे
मन तिनीहरूको कमलाे हुन्छ रे ।