December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

लाेकतन्त्र यही हाे कि !

सुनेँ सात र सत्रका कति कुरा यस्तो र उस्तो भनी
देखेँ छत्तिस ता निकै ठुली थिएँ गरेँ मतदान पनि
छयालिस साल कुरा पनि अहाे ! आँखैअगाडि कति
चैत्र मासमहा घाेषित भाे बहुदल जनता खुसथे कति ।

बित्यो पैँतिस आजसम्ममा देखिन्न केही उन्नति
कतिकाे ज्यान गयाे ढिकुटी रित्तियाे देखिन्छ खालि खती
मरे कि मारिए मदन र जीवराज बाेल्दैन ढुङ्गा मुढा
बाेलेनन् अमर पनि मरिगए कुरा त सबै अधुरा ।।

दुई हजार अन्ठाउन्न सालकाे त्याे जेष्ठ महिनामहाँ
वंसै नष्ट भयाे उन्नाइस गते थियोे दरबारभित्रै तहाँ
मरे सत्रहजार फेरि वनमा काे गर्ने खाेजी अब !
कस्तो तन्त्र हाे याे सदनमा भेला भई गर्ने लडाइँ सब ।।

इज्जत कस्काे कति कसरी बाेलने थाहै नपाएसरी
त्यही कुर्सी तानातन देखिन्छ हानाहान बाेल्दै कति मनपरी
लाेकतन्त्र, गणतन्त्र यही नै हाे कि अर्क‌ै छ यसको रूप
सहन्छन् जनता हेर्दै छन् रमिता लागेर फेरि चुप ।।