January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

आमाकाे अमूल्य ममता

आमा शिक्षक हुन् पढाउने माहाँ माया मुटुमा हुने
सन्तानको सुखमा रमाउने तिनै दुखी भएमा रुने
रगत र पसिना बहाइरहने सन्तानका खातिर
नलैजानु अब बृद्धभैसकेपछि त्याे बृद्ध आश्रमतिर ।

आमाको ममता अमूल्य छ यहाँ जस्तै भए तापनि
मया गर्दछिन् प्राणझैँ गरिकनै बाेल्नै नआए पनि
आमाको ममता सागरझैँ गहिरो नापेर नापिन्न नि
आमाकाे ऋण भार तिर्न त अहाे ! केही गरे सकिन्न नि ।

प्राणदाता तिनै, सरस्वती तिनै, हाे लक्ष्मीकाे रूप नि
जस्तै कष्ट पनि सहेर आमा त बस्छिन् सधैं चुप बनी
धर्ती भइरहने, जे पनि सहने, आमा तिनै भन्दछन्
सन्तानको दुखसुख्ख साथ दिनलाई खम्बासरी बन्दछन् ।

मायामा कमी छैन बराबरी, गर्छिन् यी हुन् नि मेरा भनी
ध्यानदृष्टि बढी दिन्छिन् आमा हुनाले दुखी छ लौ कुन अनि
राेएरै दिन काट्तछिन् नि बिचरी सन्तान दुखी हुँदा
मात्रै धर्ती र सूर्य साक्षी रहने आमा राताेदिन रुँदा ।

हे सज्जन बृन्द हाे ! म आज त यहाँ आमा बारे लेख्तछु
केही त्रुटि भयाे कि कर्म गरदा, आमा दुखी देख्दछु
आमाको गुणगान बयान गरन सक्तैन काेही पनि
हज्जार जिब्रा भएको शेषनागले नसकने सक्तिन मैले पनि।