रोइरहेँ
है दैव !
कुन मोडमा ल्यायौ
न मर्न दियौ न बाँच्न छाड्यौ
अब के गरूँ ?
कसरी गरूँ
कहाँ जाऊँ ?
कहाँबाट आऊँ ?
यस्तो मोडमा छोड्यौ
न सजाय पाएँ न माफी !
अब कसरी भनूँ म-
उसको खुसी हेर्न आफ्नै खुसी गुमाउनुपर्यो
उसको खुसीका अगाडि मेरो पीडाको के मूल्य ?
तर के थाहा !
पीडाको मूल्यले ढुङ्गाको मुटु पनि पग्लिन्छ कि !
बस् खुसीले बसोस् ऊ यही कामना गर्दछु
जिन्दगीले भन्छ-
एक पटक भोगेर हेर,भनेर मात्र कहाँ हुन्छ ?
एक पटक सहेर हेर, ढोगेर मात्र कहाँ हुन्छ ?
अन्तिम पटक बुझेर हेर, बहानाले मात्र कहाँ हुन्छ ?
जिन्दगीबाट जिन्दगी खोसिँदा धेरै गाह्रो हुँदोरैछ
आँखाले रुँदा आँसु सकिँदोरहेछ
मुटुले रुँदा माया
म आँखा र मुटु दुवैले
रोइरहेँ, रोइरहेँ ।
लेखकको सम्वन्धमा