तातो हिउँ
जमेको जल हल्लिएर सुख्खा हुँदा
शिलाफूल पुलकित हुन्छ होला
जिउँदो लास हुने सहरमा
मुखाग्नि ब्रह्मनालहरू
कोलाहाल गर्दा हुन्
दुखेर
सल्ला र सिन्धु
चिसो आगो सेकिएर
फूल उठ्ने ठेट्नाहरू
उभौली र उँधौली
फ्याकेर च्याब्रुङ्ग र बिनायो
सपना गाउँदा हुन्
तर, सैलुङ्ग घोटिरहेछ
कङ्कड पतकरहरू
तातो हिउँ सेकिएर
हेलिँदै कमलका नाभीहरू
ब्रह्म श्रृष्टि सुतेर रछ्यान
त्यसै, म हिँउ सेक्दै छु
बगर हिलाम्यै हुँदा
सुकेको बिस्कुन
मेरो हिमाल सम्मिएर मैदान हुँदा
मधेसको उचाइ बढ्छ होला
र, रश्मि मेरो फुर्के चढेर
तोक्मा मेरो ढाड बोक्दैन
म सपनाका बिस्कुनसित सुकाउँदै छु
म तातो हिउमा सेक्दै छ
किनकि, हत्केलामा पोखिएका स्वप्निल तरेलीहरू
बिहानी नसाको सिरानीमा
उठ्दै गर्दा
मसँग म साट्दै छु
र, मसँग मेरो प्रतिबिम्ब
मेरा नासिका हिउँदे भेलमा
भुङ्ग्रो हिँउ सेक्दै छु किनकि म तातो हिउ सेक्दै छु ।
लेखकको सम्वन्धमा