टुकी
आफू जलेर अनन्त रात
टाढ भगाउन घोर अँध्यारो
तप तप पग्लिँदै तारासाथ
म बल्दै छु एक टुकी
धुवाँ मुस्लो मचान कालो
सलेदो मेरो टुप्पी टालो
म धिपधिप एक टुकी
जुनकिरी तल टहलिँदै
रश्मी लुकेर चुक पोखिँदा
मेरा अस्तित्व खोजी हुन्छ
म एक टुकी
आकाश जमेर ढिक्का
तारा रुँदै गर्दा
झरेका हरेक आँसु
बगेर एउटा मसाल
म तल तल चिर्दै छु
ऐठन र रोधन
म एक टुकी ।
गतिशीलता थच्किन्छ
आसन, टेबल र मेच
म खिस्स हाँस्छु
मेरो प्रतिबिम्ब हाँस्छ फिस्स
हेरेर क्षितिज मिठो मुस्कान
अरुणोदयको प्रतीक्षामा
जलिरहने म ए टुकी ।
लेखकको सम्वन्धमा