January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

राष्ट्र जोगाउन सबै एकजुट…

राष्ट्र जोगाउन सबै एकजुट र एकढिक्का हुनुपर्छ       
काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ

छ आँट हाम्रो जोस शिखर छोएर देखाउनु छ
निरन्तर पाइलाहरू अगाडि बढाउनु छ
यी हिमालले धेरै कुरा बोल्न खोजेको जस्तो लाग्छ   
यहाँको प्राकृतिक सुन्दरताले देशलाई चिनाएको छ

आपसी मनमुटाब त्यागेर एकताको माला बुन्नुपर्छ
यो देशबाट गरिबी हटाउन पहल गर्नु छ
देश विकास गर्न सधैँ लागिरहनुपर्छ
राष्ट्र जोगाउन सबै एकजुट र एकढिक्का हुनुपर्छ ।