February 17, 2025, Monday
२०८१ फाल्गुन ५, सोमबार

पृथ्वीनारायण शाह : मेरो एक दृष्टि

नेपाल आमाका उर्वर कोखबाट समय-समयमा युगप्रवर्तक महानायक‌हरू जन्मन्छन् । तिनीहरूकै बिच नेपाली राष्ट्रियताका सारथीका रूपमा उदाई राष्ट्रियताको बलियो जग निर्माण गरी नेपाली धर्तीको छिया छिया परेको मुहारमा मुस्कान भर्ने एक कर्मठ, निष्ठावान् व्यक्ति हुन्- पृथ्वीनारायण शाह । तरबारको मात्र हुङ्कारले भुँइचालो जान सक्छ । यस्तै आफ्‌नो वेग हावाको वेग झैँ निरन्तर अघि बढाउने व्यक्ति कसो नभनूँ उनलाई ?

बिस वर्षको कलिलो रहरलाग्दो युवा उमेरमा गोर्खाको राजगद्दीमा राज्यरोहण हुँदा मोजमस्ती भन्दा हिमवत्खण्ड टुक्रा टुक्रा परेर छिन्न-भिन्न भइरहेको दयनीय अवस्थातर्फ चिन्तित हुँदै स्वार्थी शासकद्वारा भागबन्डाबाट र कुटिल अङ्ग्रेजी साम्राज्यवादी शासकद्वारा तिखा आँखा गाडिएको तत्कालीन नेपालको सङ्‌कटासन्न अवस्थातर्फ एकोहोरिँदा दूरदर्शी सपनालाई आफ्नो जीवनको धोको

बनाउने उनी एक अथक योद्धा हुन् । पृथ्वीनारायण शाहले गोर्खा राज्यमा कीर्तिपुरलाई गाभ्ने सपना साकार पारी नेपाललाई पूर्णता दिने एक प्रयास सफल पारे ।

सपना सपना नै हो, बदलिँदैन, सङ्‌घर्षका माध्यमबाट सपना पूरा गर्ने सत्‌पुरुष हुन- पृथ्वीनारायण शाह । उनी आफूलाई अति प्रिय लाग्ने भगवान्‌कै आरधनाका प्रभावले गोरखनाथका पुत्र भई सम्पूर्ण सिपाहीका सान भए। 

सान आस्थाको केन्द्र हुँदोरहेछ ।  घोडचढी झन् गजवको सोख हुँदोरहेछ । घोडा लडाकु, घोड योद्धा पृथ्वीनारायण शाहले वि. सं १९९४ मा नुवाकोटमा आक्रमण गरे । साना कदका तर चतुर उनले नुवाकोट चतुर्‍याइँका साथ विजय गरे । साना मुटुका कथा कमै लेखिन्छन् । उनीहरू आइलाग्ने छन् । हामी जाइलागी जित्ने छौँ, कठोरता छैन, केबल धैर्य र साहसको वाणी छ, यहाँ पूर्वीय दर्शन छ, कर्म छ र विश्वास छ । प्रजा मोटा भया दरबार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतीहरू हुन् । भन्ने पृथ्वीनारायण शाहाका विचारहरू आजको युगले पनि आदर्श ठानेको छ । जनता जनार्दन सम्झी  जनतालाई शक्ति ठान्ने उनको बानी मलाई अझै ताजा लाग्छ । कीर्तिपुर वंशराज पाण्डेको नेतृत्वमा तीन पटकमा जितेको रे । उनको कर्म र उद्देश्यप्रतिको लगन कर्मप्रति तल्लीन हुने भाव मलाई धेरै मनपर्छ । सूर्य जत्तिकै तेज पृथ्वीनारायण शाह । नेपाल खाल्टो परेको भुँडी झैँ छ। यसको संरक्षण र संवर्द्धन गर्नुपर्छ भन्ने कुरा मलाई अझै पनि सान्दर्भिक लाग्छ । 

नेपाल दुई ढुङ्‌गाबिचको तरुल हो । जमिन खुम्चिन र फुक्न सक्छ । खुम्चिए राष्ट्रियता कमजोर हुन्छ र फुके राष्ट्र सबल हुन्छ । नागरिक शक्तिको जाँच, माटो र मुटु‌को संरक्षण, जन्मभूमिको संरक्षण र यी सबैबिचको अपरिहार्य सम्बन्ध पनि म तिनै कुशल राजनीतिज्ञ प्रजातान्त्रिक राजाबाट पाउँछु । 

मगर जातिको विश्वास, पन्त, अर्याल, बोहोरा आदि मुख्य सैन्य अगुवाइ गर्ने जातिहरू हाल तीनै जातिमा म सार्वभौम समाजको जग पाउँछु । 

मकवानपुरका राजा मुकुन्द सेनसँग रहेको जेठी तरबार प्राप्त गरी कीर्तिपुर विजय गरेको कथन र मकवानपुरका राजाका छोरासँग मित लगाई उनलाई त्यहीँबाट खेदी नुवाकोट हात पारेको कथन म अझै पनि सम्झन्छु । नेपाल रहनु र नेपाली नेपालसँग रहनुमा म राष्ट्रियताको भाव पाउँछु ।

राष्ट्रिय एकताका मर्मज्ञ एवम् ऐतिहासिक युगपुरुष पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण मात्र नभई सांस्कृतिक र भावनात्मक हिसाबले नेपाल र नेपालीलाई एक पार्दै माटो अर्थात् भूखण्ड र मुटु अर्थात् जनसमुदायलाई साझा फूलबारीका रूपमा प्रस्तुत गरेका छन् । इतिहास छ, लिखित दस्तावेज छन् र पृथ्वीनारायण शाह आज ताजा आस्थाका केन्द्र बनेका छन् र हामी विश्वसामु वीर गोर्खालीका रूपमा शिर ठाडो पारी सुपरिचित छौँ ।