भन त ए डाक्टर !
आकाशको तारा खसालेपछि उनले फेरि भनिन्
अब एउटा सूर्य खसालिदेऊ न प्यारा !
उफ !
खै कसरी बयान गरूभ म त्यो पूर्वाग्रही मायालाई
नजिक हुञ्जेल माया मोह टाढा भएसि को हो को हो
ठिकै छ टाढा भयौ किन तिमी
मलाई छोडी गयौ किन तिमी
के सूर्य खसाल्ने कोही अर्को भेटेर हो ?
हाम्रो कलिलो मायाको गला रेटेर हो ?
यी चक्षुमा तिम्रो तस्बिर हटिसक्यो
मायाको तलाउमा यादको पानी घटिसक्यो
दिलमा तिम्रो धड्कनको घण्टी बज्न छोडिसक्यो
तिम्रो आगमनको आशाको दियो निभिसक्यो
तिम्रा कठोर यादहरूले यो दिलमा आत्मदाह गरिसक्यो
विश्वासको अनन्त समुद्र सुकिसक्यो !
आशाको केन्द्र
भरोषाको भारी गर्लम्मै ढलिसक्यो
कति कुरौं हौ तिमीलाई मैलै
यो ज्यान पनि त गलिसक्यो
जलिसक्यो जलिसक्यो
मनभित्र चिताग्नी दनदनी जलिसक्यो
मुटुभित्र पर्खाइका पीडा खै कस्ले बुझ्ने ?
छि यो अलच्छिना याद पनि
किन घरिघरि आइरहन्छन्
झल्को आँखामा छाइरहन्छ
भन त ए डाक्टर !
निष्ठुरीको याद मेटाउन कुन ओखती खानुपर्छ ?
धोकाको चोट जचाउन कुन अस्पताल जानुपर्छ ?
भन त ए डाक्टर !
मर्नु न बाँच्नुको दोसाँधमा रहेकोलाई कुन घाटमा लानुपर्छ ?
पागलपन हो या चिन्ताको चपेटा
अश्रुधारा छेक्ने कुनै छाता छैन
न धैर्यताको न सम्यमताको न पुनःआगमनको
तिमी मबाट टाढा हुनमा दोष कस्को ?
नियति हो या समयको ?
तिमी समय खराब चलेको भन्ने
म नियतिको कुरूप खेल भन्ने
जे भएनि तिमी टाढा-टाढा गयौ
यो जीवनको रङगमञ्चबाट अलग भयौँ
आकाशको तारा भयौ तिमी
हेर्दा सुन्दर, चम्किलो
तर न टिप्न सकिन्छ न त भेट्न ।
लेखकको सम्वन्धमा