तिम्रै नाम सधैँ सधैँ …

तिम्रै नाम सधैँ सधैँ सम्झनामा आउने गर्छ
तिम्रो नाम जपेर मेरो दिन बितेको छ
तिमीले त बिर्सियौ होला मलाई
मैले याद गरेर बसेको छु तिमीलाई ।
नबोलेर तिमी एक्लै हिँडेर गए पनि
यो जिउ ज्यान तिमीलाई सुम्पेको छु मैले पनि
यो मुटुमा तिम्रो नाम लेखेर राखेको छु
मेरो मुटुकी रानी मैले बोलाएको छु ।
सम्झना आएर होला मलाई खोजिरहेकी छौ
यतातिर आउँदा तिमीलाई बोलाउँछौ
तिम्रै नाम सधैँ सधैँ सम्झनामा आउने गर्छ
तिम्रो नाम जपेर मेरो दिन बितेको छ ।
लेखकको सम्वन्धमा