गजल
सात पत्र चिरेर जन्माएको गुन छ आमा
तिमीभन्दा ठुलो देवता यहाँ अर्को कुन छ आमा !
दुःख पर्दा मन्दिर होइन, तिम्रा काखमा मिल्छ शान्ति
ममता झैँ चमक ल्याउने कुन चाहिँ यस्तो सुन छ आमा !
तिमीबिना जता जान्छु उतै लाग्छ खल्लो
न भोक न प्यास न त तरकारीमा नुन छ आमा !
आफू भरिया भएर मलाई सहरिया बनाउने तिमी
आज साथमा नहुँदा यो मन त्यसै रुन्छ आमा !
सधैँ च्यात्तिएको चोली लगाई यसोदालाई खुसी दिने तिमी !
तिमीलाई खुसीको बहार दिऊँ मेरो एउटै धुन छ आमा
लेखकको सम्वन्धमा