देश कहाँ गइरहे छ ?
देश कहाँ गइरहे छ ?
मेरो देश कहाँ गइरहेछ ?
तल कि माथि ? दाँया कि बाँया ?
कहाँ गइरहेछ ?
जाडो जहाँ हुनुपर्ने गर्मी भइरहेछ
जाडो, भोकमरीको जाडो, शोषणको जाडो
अन्यायको जाडो हुनुपर्ने सधैँ
तर गर्मी भइरहे छ
यो मेरो देश कहाँ गइरहेछ ?
जहाँ गर्मी हुनुपर्ने हो,
गर्मी, विकासको गर्मी, न्यायको गर्मी, समताको र समानताको गर्मी
अझ एकताको, राष्ट्रियताको र स्वालम्वनको गर्मी तर विडम्बना,
कठ्याङ्ग्रिँदो जाडो छ सबै कुरामा
चाँदी र हिरारूपी हिमाल आल्मुनियमको भाउमा
सुन फल्ने तराई र लालिगुराँस सँगै जीवन फुल्ने पाहाड
कौडाको भाउमा बिकेको देख्दा मन चुटिन्छ र टुक्रिन्छ
काँस टुक्रिएजस्तै गरी टुक्रा टुक्रा भएर ।
उड्दा चरा टिपेर
धरतीमा खसाल्ने जोस भएका युवा
छिमेकीको खेतालो गएपछि
छिमेकी नै धनी हुँदो रहेछ,
बनी गरेर धनी बन्ने सपना बोकेका भान्दाइ
अब बन्लान् त सम्पन्न ? प्रश्न जटिल छ ।
अँहँ, विश्वास छैन मलाई
भान्दाइको सम्पन्नताको सपनामा
सपना त मैले देख्ने गरेको छु
बिहानीपख सधैँ सधैँ
सेतो सुन बेचेको, उद्योग खोलेको र आफ्नै घर बनाएको ।आफ्नै घर
निजी घर, मेरो आफ्नै घर
जहाँ आमा र मेरी दुलहीले पनि मान्छे बनेर बस्न पाएको
जहाँ बस्न पाएका मेरा सन्तानले पनि
मान्छे बनेर
म जस्तै मान्छे बनेर
तर आज देश कहाँ गइरहे छ ?
मेरो सपनाको बाटोतिर वा अन्तै
मेरो देश कहाँ गइरहे छ ?
लेखकको सम्वन्धमा