मानिस मुर्खै परे
उल्टा भई रुखका जराहरू पनि सक्लान् कतै बढ्नलाई
गार्हो तेत्ति हुँदैन हाेला बरु त्याे हात्ती रुख चढ्नलाई
पिठो नै पनि त्याे उम्रिन्छ कि कतै जमिनमाथि छरे
सपार्न तिनलाई सकिन्न कहिलै मानिस मुर्खै परे ।।
ढुङ्गाबाट टुसा पलाईकन ता बढ्लान् ती एकैछिन
उनिउँकाे फूल फुल्ला बाँसमा कतै फल लाग्गला काेही दिन
खाेला नै पनि उकालो चढदै पुग्लान् हिमालमै भरे
सपार्न तिनलाई सकिन्न कहिल्यै मानिस मुर्खै परे।।
बाघ भालु हरू आई मैत्री गरालन् मानिस साथै पनि
पश्चिमबाट उदाई पृथ्वी हेरलान श्री सूर्य देवले अनि
तारा ती गगनका टिपेर झारलान् मानिसले आँटै गरे
सपार्न तिनलाई सकिन्न कहिलै मानिस मुर्खै परे ।।
झुकिए कसरी सूर्याेधन अघि, जलमा स्थल थलमा जल
देखाए जाँघ खुसी हुँदै सभा भवनमा मानिन्छ सारै खल
फेरि ती धृतराष्ट्र लाई विदुरले ज्ञान अर्ती कस्तो गरे
सपार्न तिनलाई सकिन्न कहिलै मानिस मुर्खै परे ।।
हेरौं रावणमा ज्ञान बुद्धि कति थियो मुर्ख्याइँ गर्दा महा
भाइका न त पत्नीका सुन्याे कुरा सकाे नि लङ्का त्यहाँ
पढेका गुनेका भए पनि कति हुदैनन् सज्जन अरे
सपर्न तिनलाई सकिन्न कहिलै मानिस मुर्खै परे ।।
लेखकको सम्वन्धमा