छाउ भयाकी छौं
बाजुराली (खस) भाषाको कविता
भ्याई लाग्याको छ
मकन कोईले धेक्या भन्या
त्यैको आजको दिनभरि निको हुन्या होइन
दुःख पाउन्या हो
र,
मकन धार्या हात हानिकन गाल गन्न्या हो
किन भन्यापछि म आज
छाउ भयाकी छौं ।
मेरो ढाड निकै दुख्याको छ
तल्लो पेटले पन आजै दुख्न पायाको छ
मेरा यौनीबाटी मस्तै खुन बग्याको छ
ज्यान गल्याको छ
चक्कर चल्याको छ
अब म छ दिन स्कुल जान पाउन्याँ नाई
कापीकिताब छोयाँ भन्या मेरो विद्या घट्न्या छ
विद्याकी देवी रिसाउन्या छन्
मैले छ दिन त बुवाकन मुख धेकाउनु हुन्या नाई
किन भन्यापछि म आज
छाउ भयाकी छौं ।
छाउगोठको ढुलाई हुन्या छ अब
किराफट्ङ्ग्रा, भ्यागुत्ता, साप
आईकन चिल्न्या हुन् कि भन्न्या भ्याई छ
नरपिचास तन्न्याडी र लोग्न्याको पन भ्याई छ
म एक्लै ढुल्याको मौका पाडी
मकन जर्वजस्ती गर्यापछि
मेरो हालत क्या होला ?
यस्तो रीति क्या बनाइस् दैव !
हिँउदका बेला बाजुरा जिल्लाको
पाण्डुसैन छाउगोठ
धुकालले सासिकन मर्याका
आमा छोराको घटनाले
मेरो सातो गयाको छ
अछामका छाउगोठ भित्त
सापले टोकिकन ज्यान गयाकी छोरी
छाउगोठै भित्त रातका बेला
भयाको बलत्कारका समाचारले
मेरा मुटुले ठाँउ छाड्याको छ
किन भन्यापछि म आज
छाउ भयाकी छौं ।
“छाउ हुनु अभिसाप होइन, बरदान हो”
भन्यापछि मेरा परिवारको खिल्ली उडाउन्याँ छन्
मकन देउता रिसाउन्याँ छन्
भयानभयाका कुरा लाउन्याँ छन् गाउँल्या
उस्तै पड्या कपाल मुन्डन गरीकन
गाउँ कटाउन्या छन्
किन भन्यापछि म आज
छाउ भयाकी छौं ।
मैले अब,
यस्ता मस्तै कुरीति अन्त्य गन्नाका लागि
अभियान चलाउन मन छ
भयाजतिका छाउगोठ भत्काउन मन छ
छाउ भयाकाबेला सुख्खा रोटा खान्या होइन
दुध, दही घ्यू,
सागपात बढी खान दिन्या हो भन्न मन छ
छाउ भयाकी नारीकन ढुक्क मनले
आफ्नै घर ढुल्याको धेक्न मन छ
फूल नफुलिकन फल लाग्दैन भन्न्या कुणा
बुझिकन पन किन यस्तो गद्दाछन् समाजका माण्ठ ?
लेखकको सम्वन्धमा