April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

गजल

मैले साहित्य पढेँ उसले व्यापार हाम्रो कुरै मिलेन
खै कुन ढकले जोक्थ्यो प्रेम कहिल्यै पूरै मिलेन ।

म उसलाई हेर्न जान्थेँ ऊ पसल हेरिदिऊ भन्थ्यो
म उसलाई कुर्थेँ ऊ ग्राहक कुर्थ्यो हाम्रो सुरै मिलेन ।

मेरा ‘आँचल’ मा थमाएका उपहारको पनि लामो सूची रहेछ
आखिर मलाई छाड्यो तर हिसाब छाडी जाने जुरै मिलेन ।