December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

कहिले पाउने मैले न्याय ?

आफ्‌नो भाग्य त मानिसले आफैँ लेख्छ भन्थे
तर मेरो भाग्य त मलाई रच्‍न नदिई नै मारिदिए

दिनरात चार भित्तामा, थुनिई छुट्पटाइतहेकी छु म
मेरो दुखाइ देख्‍न नसकी ऐनाले पनि मलाई ‘आफ्नै कण्ठ दबाइदे’ भन्छ

यदि त्यो साँझ साथीको घर पढ्न  नगएको भए के हुन्थ्यो होला-
सोचेर मनमनै मरिरहेकी छु म
मेरो केही गल्ती नहुँदा पनि आफूलाई नै दोषी ठहराइरहेकी छु म
उता त्यो अपराधी खेलेआम सडमका हिँडिरहेको छ

ममाथि आफ्ना विचारहरू दिन्छन्
मेरा बारेमा ‘बिचरी !” भनेर फेसबुकमा पोस्ट गर्छन्
तर घरबाहिर निस्कने बित्तिकै मलाई नराम्रो नजरले हर्छन्
र मद्दत गते हात आधि बढाउँदैनन् 

दोष मेरो थिएन तर पाइरहेको छु मैले सजाय
अब त मलाई लाग्‍नै छोडिसक्यो कि
मैले न्याय पाउँछु भनेर

मैले कहिले पाउँछु न्याय भन्ने मात्र हो मेरो प्रश्न
मेरो शरीर त यस धर्तीमा बाँच्‍न पाएन
अब त मेरो आत्मा पनि सक्दैन बोला यहाँ बस्‍न

बिस्तारै आफ्ना नयन खोलेँ मैले
शून्य लागिरहेको थियो सबै थोक
निद्रा पनि थियो कस्तो गहिरो
तर शरीरमा लागेको थिएन केही पिड़ा वा भोक

जब मैले वरपर हेरें तब मेरो संसार नै अन्धकारले भरियो
किनभने मेरो छेउमा त मेरो मृत शरीर लडिरहेको थोयो
मेरी आत्माले त मेरो शरीर छोडिसकेको थियो
म त्यहीँ भए पनि मेरो शरीरमा त सास रोक्किसकेको थियो

अब भ‌ड्किरहेछु म यस घना जङ्‌गल‌मा न्यायका लागि
अब त मेरो आत्मा पनि थाकिसक्यो बर्सौँदेखि न्याय मागि 

अझै याद छ तिनले मेरा हात-खुट्टा समातेका
अझै याद छ ती हातले मेरा मुख छोपेका
अझै याद छ कोही आएर मलाई बचाओस भन्ने आशा बिस्तारै मरेका

त्यो दिन म मात्रै होइन मसँगै मेरा सपनाहरू पनि मरेका थिए
त्यो दिन म मात्रै होइन मेरा आमा-बुबाकी छोरी, मेरा दाइकी बहिनी
र कैयौका साथी पनि मरेकी थिई 

न्याय माग्दामाग्दै मरो शरीर थाकिसक्यो
हरेक कुरा विरुद्ध आवाज उठाउँदा मेरो गला सुकिसक्यो
मेरी आवाज, मेरो स्थितिलाई बेवास्ता गरेको देख्दा
मेरो आशा र अपेक्षा मरिसक्यो ।