दुई बालगीत
बालगीत –१
हामी बालबालिका संसारलाई चिन्दै छौँ
घाम जून ताराझैँ स्वतन्त्र भै हिँड्दै छौँ
हाम्रो आफ्नौ संसार हाँसी खेली सिक्ने हो
माटो मुटु जोडेर देशसेवा गर्ने हो
देन पिता पुर्खाको छातीभित्र रोपेर
हिड्छौँ साना खुट्टाले सगरमाथा बोकेर
नेपालको समृद्धि पसिनामा देख्ने छौँ
स्वाभिमान सिमाना रगतले लेख्ने छौँ
बुद्ध बन्छौँ शान्तिका धर्ती हाम्रो साथी होस्
हाम्रो माग यौटै हो ‘विश्व बालमैत्री होस् ।’
बालगीत –२
पहाडका कुनाको झुपडीमा बस्छु म
साथी पढ्न निस्कन्छन् चौँरी भेडा पोस्छु म
सोत्तरका भारीले उकास्नु छ भकारो
स्कुल जान मलाई लाग्छ सधैँ तघारो
भेडीगोठ सर्दछन् हप्तादिन बिराई
विद्यालय सर्दैनन् हिउँ बन्छ पढाइ
गुराँसका पाखाले लेख्न पढ्न जान्दैनन्
मेरा बाबा आमाले ‘पढ’ किन भन्दैनन् ?
लेखकको सम्वन्धमा