ऊ र उसका आफन्त
त्रिलोक यादव
प्रसादी एकेडेमी
ऊ आफ्ना आफन्तलाई
गर्वले भन्दै छ –
मेरा आफन्तहरू !
तर व्यवहार र मायाले
पाराया बनाएछ
उसले आफ्नाका लागि संसारसँगै
आफन्त सम्झिरह्यो
तर आफन्तले
उसलाई पराई झैँ –
तिमी को हौ ? भनिरहे
उसले आफ्नाका खुसीमा
आफन्तलाई सम्झ्यो
आफन्तका दुःखमा सधैँ दुखी भयो
तर आफन्तहरू भन्ने गर्छन् –
तिमी मेरो मान गर्दैनौ
अब तिमीसँग कुनै मतलब छैन
ऊ कसरी व्यक्त गरोस्
आफ्ना मनका भावना, दुःख, पीडाहरू
जो उसका आफ्न्त सधैं दिइराख्छन्
भित्रभित्रै रुवाइराख्छन्
अब त भगवान् पनि हैरान भइसके
उसका आफन्तले दिएका चोट र पीडा देखेर
ऊ त मानिस हो महोदय !
ऊ रोएर सिरानी भिजाउन मात्र सक्छ
उसले आफन्तका खुसीका लागि
आफूलाई समेत त्याग्यो तर उसका आफन्तले
उसैलाई त्यागे !
सबैले भन्छन् –
किन दुखी ? किन निराश ?
तर ऊ कसरी भनोस् –
ऊ उसका आफन्तको शिर झुकाउन चाहँदैन
उनीहरूको हार देख्न सक्दैन
तर, ऊ आफ्नो हार सहजै स्वीकार गर्छ
उसका जीवनमा
आफन्तसँग युद्ध हुन्छ भने
ऊ केही नबोली हार्दिन्छ
किनभने –
ऊ झुक्न सक्छ
तर आफ्न्तलाई झुकाउन चाहँदैन ।
लेखकको सम्वन्धमा