धन,जन र मन
धन
किन्छु भन्छौ हाेला सब चिज आफूसँग धन भए
आयु तिमीले किन्दैनौ याे कुरा बुझ निश्चय ।।
जन
सबैलाई जित्छु भन्छौ छन् मेरा बलिया जन
निर्धालाई त जितौला सक्दैनौ काललाई जित्न ।।
मन
बज्रजस्ताे कठाेरी त्याे निर्दयी छ भने मन
प्राण जाँदा पनि ‘कठै !’ भन्दैनन् सुन काेही जन।।
धन
छैन धन दुखी छौ त ईश्वरले हेर्दछन् अरे
सुधामालाई कृष्णले खन्याइदिए धन भरे।।
जन
दुर्याेधन पनि हारे कति थिए बलियहरू जन
थाेरै भए पनि पुग्छ बुद्धिमानी र सज्जन ।।
मन
युधिष्ठिरहरू कुदे दुखमा कति वनवन
राज्यसत्ता लिए हातमा विचार राम्रो थियोे मन।।
धन
साँच्दछौ आज तिमीले भाेलिलई भनी धन
लडाइँ अरूले खेल्छन् हातपाउ जब बस्छन ।।
जन
बलिया इष्टमित्र छन् हुन् यी मेरा सबै जन
आपत्ति आइलागेमा ती सबै कता लुक्दछन् ।।
मन
आफू शान्त हाेऊ हाँस ईश्वरमा लगाऊ मन
नचिताऊ मनमा पाप आफैँ बन सज्जन ।।
लेखकको सम्वन्धमा