September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

माया

राजा बाबु रन्जन यादव
प्रसादी एकेडेमी 

टिकटकबाट सुरु भएको
माया पुग्यो घरसम्म
कुराकानी भइरह्यो हप्ता अनि महिनौँसम्म
बास भयो मनमुटुमा
मनका कुरा भइरहे
दुःखसुख साटासाट गर्दागर्दै
दिनहरू बितिरहे
त्यतिकैमा एउटा सानो बात आयो
पिरतीमा कहाँबाट
ठुलोसानो जात आयो !

मनका व्यथा
जीवनका सपना तोडिए जिन्दगीबाट
दोधारमा पारियो
मायाको एउटा पाठ पढ्न नपाई सकियो
मायाको एउटा खेल खेल्न नपाई सकियो
मैले जात फेर्न सकिनँ
समाज फेर्न सकिनँ
वियोगको पीडा सहनुबाहेक के नै बाँकी रह्यो र !
पीडामा जलिरहेको यस मनलाई
सम्हालेकै छु- बलियो आत्मविश्‍वास बोकेर
आशाका सुनौला दिनहरू
पक्कै आउने छन् मेरा जीवनमा ।