वियोगको पीडा

राजा बाबु रन्जन यादव
प्रसादी एकेडेमी
शिक्षकको कुरा तितो, मायाको कुरा मिठो
लाखौं कसम खाए पनि सबै छोडिगयो
त्यही शिक्षकको कुरा आउँदै छ सम्झना
सोची सोची आँखाबाट बग्दै छ खोला
उसलाई बनाएर खास
त्यही थियो मेरो मायाको आस
यस्तो हालत भइसक्यो
छायाले नि साथ छाडिसक्यो
म बर्बाद भएको खबर सुनेर
आराम त पक्कै भएको होला उसलाई
सुखदुःखमा रमाउनलाई
चाहिएको थियो साथ
मनको एउटै थियो आस
उसको सास नै हो मेरो सास
झझल्कोमा पनि देख्छु उसलाई
रातमा न निद्रा आउँछ न ऊ
त्यसै बिते मेरा धेरै रातहरू
गरी कसैको आस
रङ्गीचङ्गी फूल जस्तै जीन्दगी
कसले कहिले टपक्क टिप्छ
थाहै नहुने
लाखौं कसम खुवाए पनि
साथ नछाड्नु भनेर
आखिर रोगी बनाएर जाँदारहेछन् निष्ठुरीहरू
एक्लो बनाएर जाँदारहेछन्
सायद उसको र मेरो
संसार बेग्लै होला
तर पनि लागिरहन्छ
मिलान होला भने आस
मिलान होला भने आस ।
लेखकको सम्वन्धमा