आऊ भानु
मेरिसा सुवेदी
कक्षा : ७
काव्य स्कुल
पत्र मार्फत कविलाई सम्झन मन लाग्यो
जन्म दिनमा कविता पाे लेख्ने जाेश जाग्याे ।।
तनहुँकाे सुन्दर गाउँमा साना आँखा खाेली
बाँसको कलम झारकाे मसी लेख्थ्यौ चाेबी चाेबी ।।
घाँसीबाट अर्ती पाई कीर्ति राख्नलाई
लेख्यौ धेरै एकता र संस्कृति बचाई ।।
रामायणलाई नेपालीमा अनुवाद गरी
मेची काली पढ्न थाले माया धेरै गरी ।।
बिहे जन्ती ढिकी जाँताे दाइँगर्दा पनि
रामायण पढ्थे सबै भानुभक्त भनी ।।
बधूशिक्षा रामगीता प्रश्नाेतर लेखी
धर्म नीति उपदेश भातृप्रेम देखि ।।
कति लेख्यौ डिठ्ठा साथै तारापति सम्म
भाेलि भाेलि भन्नेलाई गालामा हान्यौ झ्याम्म ।।
ऐले कवि ? रामायण खाटमुनि हाले
खिचातानी राजनीतिले विकास गर्नै छाडे ।।
बाढी पैराे काेराेनाले शान्ति छैन अनि
सबै साँढे मैमत्ते छन् टेर्दैनन् काेही पनि ।।
धर्ती आऊ एकताको माला गाँस्न कवि ?
नेपाललाई चम्काउन सबै मिली कवि ।।
लेखनाथ देवकोटा र समलाई अनि
बिर्सेका ती धेरै कवि पारिजात पनि
के गर्दैछन् ?सम्झेकीछु भनीदिनू कवि ?
जन्मदिनमा लेख्ने नै छु कविता मै पनि ।।
फर्की आऊ कान्तिपुर भानु जस्तै चम्की
सबै मिली देशको विकास गरौं लम्की लम्की ।।
अशिक्षा र कुरीतिलाई गहिरो छाेपेर
भानु आऊ एकताको सन्देश बाेकेर !!
लेखकको सम्वन्धमा