हार
त्रिलोक यादव
प्रसादी एकेडेमी
मानभवन,ललितपुर
आफैँलाई आफूसँग हारेको महसुस हुँदै छ
जब कि अनेक प्रयास गर्दा पनि पाउन सकिन्न जित ।
कसरी तारिफ गरूँ त्यो दिनलाई
जहाँ म थाहै नपाई बर्बाद भएँ
समयले हरेक कुरा फेर्न सक्यो
तर मेरो हारलाई कहिल्यै फेर्न सकेन ।
आखिर हार त मेरै भयो
न मायाले जित्न सक्यो
न त सम्झाएर सम्झन नै सक्यो
मेरो मूल्याङ्कन नगर्दा पनि हुन्छ
किनभने
त्यहाँ मेरो हारबाहेक अरू केही छैन ।
अब त आशा यो छ कि
जे हारेँ त्योभन्दा राम्रो पाऊँ
तर लाग्दैन त्यस्तो होला कि भनेर
सायद, हारी हारी बाँचिन्छ होला जीवनभर
त्यसैले मन टुटेको छ
सिसाभन्दा धेरै चिरा परेको छ ।
धेरै दिनदेखि हार्दै छु
हिजोसम्म आफ्नासँग हारेँ
आज आफूसँगै हारेँ
अरूलाई आफ्नो बनाएर पनि हारेँ ।
मान्छे शत्रुको कुरा गर्छन्
म त यहाँ आफैँसँग हार्दै छु
आशा गर्दै छु एउटा जितको
लाग्छ- जिते जिन्दगी
हारे सम्झना ।
जितको प्रतीक्षामा छु
मध्य रातमा बिउँझेपछि
हारलाई सम्झिएर रोएँ
अब फेरि हार्न नपरोस्
यो नै अन्तिम हार बनोस्
मुस्कुराउन् जितका किरणहरू
बिहानीपख घामका लाली जस्तै बनेर
पर्खिरहन्छु म आशा बोकेर ।
लेखकको सम्वन्धमा