नजाऊ विदेश

नजाऊ विदेश यहीँ छ नि ठाउँ
देखिन्छ सबै शून्य हेर्दा त्याे गाउँ ।
भए छ नि जीर्ण घरमात्र खालि
छ माटाे उर्वरा देखिँदैन बाली।।
उता रुख पनि ढलेर गएछ
रमाइलो त्याे गाउँ बिरानु भएछ।
बुढाबुढी मात्र त्याे जीर्ण घरैमा
बाँचेका रहेछन् एकअर्काको भरैमा ।।
रुँदै छ बालक खाेज्दै छ बाबु
आमा पनि खाेजी भएको छ काबु ।
आमा छिन् इज्राएल बाबु खाडीतिर
काे गर्छ हेर्रविचार अनि लाग्छ पिर ।।
धन ल्याउने खुसी बाेकेर गएका
ऋण काढी साहुकाे विदेशी भएका ।
काेही पर्ने जेलमा काेही खुट्टा काटिन्छ
काेही आउने बाकसमा अनि मन आतिन्छ ।।
परिवारमा आपत् अनि आइलाग्छ
साहुले त्यहीबेला आई पैसा माग्छ ।
याे हाम्रो देशमा खटे सुन फल्छ
विदेशमा खटेमा शरीर मात्र गल्छ ।।
लेखकको सम्वन्धमा