गुरु

मान्सी खड्का
कक्षा : ९
ज्ञानकुञ्ज मा.वि

गुरू हाम्रा परम पूज्य, चम्किलो जब बन्दछन् 
शिष्यका दिलमा त्यस्तै प्रकाश तब घर्दछन् । 
मेरी आमा प्रथम गुरु सारा कुरा सिकाउँछिन्
ममताका आँसुले छ्‌याप्पै सारा तन भिजाउँदिन । 
दोस्रो गुरु मेरा बाबा धर्ती थेग्न सिकाउने
जिम्मेवारी सिकाउँदै हात समाई हिँडाउने ।

गुरु बिना सकिन्न कुनै काम बढाउन
गुरू सधैँ व्यस्त हुन्छन् शिष्यलाई पढाउन
उजाड भूमि जस्तै हो गुरुबिनाको जीवन 
ज्ञानरूपी पानी हाली स्यहार्दछन् हाम्रो यो योवन 
ढुङ्गा जस्ता दिल पनि सँगाल्दछन् गुरुले कति
गुरुकै सङ्‍गतमा लाग्दा सपार्दछन् शिष्य मति।

गुरुलाई अनादर गरे हिमाल झुक्दछन्
शिष्यका शरीरिका सारा खुन पसिना सुक्दछन् ।
रातदिन लडी लडी ज्ञानको ज्योति छर्दछन् 
शिष्यका सारा कालरात्रीहरू हर्दछन् ।
आफू पिल्सेर छातीमा शीतलता  छर्दछन्  
अज्ञानरूपी अन्धकारान रातारात हर्दछन् ।
गुरुको मायाको सामु सारा कुरा व्यर्थ छन् 
असल शिक्षा पाउन् भनी गुरुहरू हेर्दछन् ।