May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार

सुर्तीको असर

कृति पोखरेल
कक्षा:१०
घटराज मेमोरियल विद्यालय
 
ए चुरोट ! 
तिमी मेरो सानो मानसपटलमा 
उत्पात आँधी बेहरी ल्याउँदै
किन सुन्दर जीवनमा धुवाँ उडाइदिन्छौ?
अनि सोध्छौ,’सन्चै छौँ?’
 
हे सुर्ती !
तिमी किन चुरोटको सुरुङ्गमा
विषालु सर्प बनेर लुक्दै 
सुन्दर बट्टा र प्याकेजमा सजिएर
गुटखा र खैनीको छद्म भेषमा 
मेरै खल्तीमा बसेर
मलाई नै सखाप बनाउने 
कति कृतघ्न तिमी?
 
मेरा बाआमाले
मेरा गुरुले 
मेरा शुभेच्छुकले 
तिम्रो सङ्गत नगर्नु भन्थे,
तर कसैलाई सुनिनँ।
 
तिम्रो सुन्दरता र कोमलतामा 
येत्रो कालकुट विष छ भन्ने 
अनुमान कसरी गर्नु मैले?
तिमी पनि प्रकृति प्रदत्त नै सम्झेँ 
मेरो स्वासमाथि तिम्रो आक्रमण हुन्छ
मेरो मुखभित्र तिम्रो नङ्ग्रा गाडिन्छ
मेरो दाँतमा तिम्रो खिया टाँसिन्छ
मेरो प्राणवायुमा तिम्रो दुर्गन्ध मिसिन्छ
मेरो फोक्सोभित्र तिम्रो घर बन्छ
म सामाजिक बहिष्कारको बिम्ब बन्नुपर्छ
अनि भित्रभित्रै 
मैले नै आश्रय दिएकोले
क्यान्सरको उपहार दिएर
मलाई नै सिध्याउछ
मैले कसरी सोच्नु?
 
ठिकै छ,
मलाई त समाप्त पार्यौ
बिन्ती अरूलाई नपार
मैले दिएको सामीप्यको दण्ड 
मेरो आत्मीय मानवजातिमाथि नसार
म नबाचेँ पनि मेरो गोलो घर पृथ्वी बचाऊ 
तिम्रो सङ्गीतको नरकतुल्य दलदल 
यो भवसागरबाट उठाऊ।।।