May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

सामुदायिक विद्यालय अभिभावक सङ्घ केन्द्रीय पदाधिकारी बैठक

आज श्रावण २८ गते शनिबार । सामुदायिक विद्यालय अभिभावक सङ्घ केन्द्रीय पदाधिकारी बैठक अध्यक्ष राम प्रसाद  नेउपानेको अध्यक्षता र महासचिब बद्री तिवारीको सञ्चालनमा  भक्तपुरको सूर्यविनायक स्थित एउटा विद्यालयमा सम्पन्न भयो।

 सो बैठकमा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्न र सङ्घको औचित्य, आवश्यकता, महत्त्व, सुदृढीकरण र व्यवस्थापनका लागि कार्यपत्र तयारी गरी प्रस्तुत गर्न वागमती प्रदेश सदस्य तथा सङ्घको काठमाडौं जिल्ला सहअध्यक्ष बासुदेव अधिकारीलाई आमन्त्रण गरिएको हुँदा उहाँले १० बुँदे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सो बैठकमा केन्द्रीय पदाधिकारी तथा प्रदेश प्रतिनिधिको हैसियतले रमेश पौडेल परदेश एक, नरेन्द्रराज सुवेदी मदेश प्रदेश, रमेश पौडेल बागमती परदेश, मनोहर लामिछाने कर्णाली प्रदेश, उपत्यका इन्चार्जसमेतले सङ्घको महत्त्व र भविष्यवारे आआफ्नो धारणा प्रस्तुत गर्नुभयो ।

अन्त्यमा अध्यक्षद्वारा महत्त्वपूर्ण निर्णयसहित बैठक सौहार्द्धपूर्ण वातावरणमा सफल पार्न महत्त्वपूर्ण भूमिका निभाउनुभएकोमा सम्पूर्ण उपस्थित पदाधिकारीलाई धन्यवाद दिँदै वैठक समापन गरियो ।