आफ्नो ठाउँ

फेदेन पुग्दै चाम्दिन होटेल कफी सारियो ।
जोरपोखरी दर्शन गर्दै गोपेटार पुगेपछि
हिलिहाङ्लाई बिदाइ माग्दै याङ्बरक्को ढोका खोलियो ।
मेदिबुङ्गमा बास बस्दै बिहानीको झुल्के घाम्मा
निशानको तस्बिर लिँदै हिटि धारा लागियो ।
काफ्लेटारको फूलबारीमा प्रकृतिको पानी पिउँदै
सुन्दर सुन्दर याङ्बरक्को यादलाई राखियो ।
फागुनेको शिरमाथि गुम्बा पुगी पारी हेर्दा
संसार छुने मुकुलुङ्गको सिङ्गो पहाड देखियो ।
मुडेतिर आरुचाको स्वाद लिँदै तल झर्दा
दारिम्बाको माथी माथी यमलुङ्ग भेटियो ।
ओयाममाथि तिम्बुङ्ग पोखरीको शिर पुग्दा
नअस्ताउने प्रकृतिको चौरी चर्ने लेकमाथि आराम गरियो !
लेखकको सम्वन्धमा