July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

सेवानिवृत्त राष्ट्रसेवकको भेला

आज श्रावण २ गते सेवानिवृत्त राष्ट्रसेवक सङ्घ नेपाल, काठमाडौँ उपत्यका प्रदेशको भेला उपत्यका प्रदेश संयोजक अर्जुनप्रसाद पौडेलको अध्यक्षता, सङ्घका केन्द्रीय अध्यक्ष वेदनिधि निरालाको प्रमुख आतिथ्यता, पेसागत महासङ्घ नेपालका निवर्तमान अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेलको विशेष आतिथ्यता एवम् पेसागत महासङ्घ नेपालका पदाधिकारी एवम् सदस्यहरू साथै सेवानिवृत्त राष्ट्रसेवक सङ्घका महानुभवहरूको समेत उपस्थिति र सङ्घका केन्द्रीय सदस्य वासुदेव अधिकारीको उद्घोषणमा पसागत महासङ्घको कार्यालय लइनचौरमा सम्पन्न भयो ।

प्रमुख अतिथि, विशेष अतिथि एवम् अतिथिहरूद्वारा भेला सफलताको शुभकामना मन्तव्य प्रस्तुत गरिएको उक्त भेलाद्वारा व्यापक छलफलसहित अर्जुनप्रसाद पौडेलको संयोजकत्वमा ३१ सदस्यीय सेवानिवृत्त राष्ट्रसेवक सङ्घ उपत्यका प्रदेश तदर्थ समिति गठन भयो ।

यसै गरी सहसंयोजकमा शालिग्राम मिश्र, सचिवमा वासुदेव अधिकारी, कोषाध्यक्षमा गौरीदेवी थापालगायत मनोनित सदस्यहरूको नाम घोषणा गर्दै सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई प्रमुख अतिथिद्वारा टीका लगाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।

भेलाका अध्यक्ष तथा नवगठित समितिका संयोजक अर्जुनप्रसाद पौडेलले सम्पूर्ण टिमका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै भेलाको समापन गर्नुभयो ।