July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

भानु जयन्तीको सन्दर्भ

त्यो युग थियो 
सत्य सुने भानुले घाँसीको अर्ती
बने आफू कवि
नेपाली क्षेत्रका रवि ।

आज मरेर पनि जीवित
तिमी अनि तिम्रा  ती कृति
पढी अघाउन्न कत्ति पनि
घाँस काट्न जाऊँ कि भन्छु
यो मनले कतै कुवा पो खनाऊँ
म धनी बनी कतै घाँसी पो खोज्‍न जाऊँ ।

पहिले भन्थे मेरा बाजेले-
‘जसको भैँसी उसको वन
जसको छोरा उसको धन’
वनै मासिसकियो सारा
उजाड छन् डाँडाकाँडा
नाङ्गा डाँडामा घाँसी खोज्‍न म कहाँ जाऊँ ?

नमन छ आदिकवि
भानु तिमीलाई सलाम छ
घाँसी तिम्रो कुवा कहिल्यै नसुकोस् 
भानुका कृति देशभित्र मात्र होइन
संसारमा भेटियुन् 
तिम्रा कृतिका पाइला कहिल्यै नथाकुन्
कविता र रामायणका 
पाना पल्टाउनासाथ तिमीलाई
साराले स्मण गरुन् ।

घाँसी बनी हामी सबले 
जन्माऔँ सयौँ भानु
यो कुरा मनमा राखी
अघि बढ्न सबैले जानौँ ।