January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

मया

त्रिलोक यादव
प्रसादी एकेडेमी

तिम्रो मायाले मलाई सताइरह्यो                      
कहिले हँसायो त कहिले रुवाइरह्यो ।
मेरो आशाको किरणले मलाई 
‘तिमी मेरै हौ’ भन्ने विश्वास दिलायो ।

सधैं यो मुटुभित्र तिम्रो माया पलायो 
तर पनि मलाई हाँस्नु न रुनु बनायो !
तिम्रो मायाको पर्खालमा म बस्दै रहेँ 
दिन काट्दै गएँ; तिमी मेरो मुटु पोल्दै गयौ ।

तिम्रा आँखामा आँसु आउँदा 
मेरा आँखा नदीझैँ सुसाउँछन् । 
तिम्रा मुहारमा खुसी छाउँदा
मेरो मुहार घामझैँ चम्कन्छ ।

तिमीले आफ्नो हाँसो बाँढ्यौ 
तर आँसु कहिल्यै बाढिनौ
दुःख पनि बाँढौँ; सुख पनि बाढौँ
माया बराबरी; सुखदुःख बराबरी ।