मया

प्रसादी एकेडेमी
तिम्रो मायाले मलाई सताइरह्यो
कहिले हँसायो त कहिले रुवाइरह्यो ।
मेरो आशाको किरणले मलाई
‘तिमी मेरै हौ’ भन्ने विश्वास दिलायो ।
सधैं यो मुटुभित्र तिम्रो माया पलायो
तर पनि मलाई हाँस्नु न रुनु बनायो !
तिम्रो मायाको पर्खालमा म बस्दै रहेँ
दिन काट्दै गएँ; तिमी मेरो मुटु पोल्दै गयौ ।
तिम्रा आँखामा आँसु आउँदा
मेरा आँखा नदीझैँ सुसाउँछन् ।
तिम्रा मुहारमा खुसी छाउँदा
मेरो मुहार घामझैँ चम्कन्छ ।
तिमीले आफ्नो हाँसो बाँढ्यौ
तर आँसु कहिल्यै बाढिनौ
दुःख पनि बाँढौँ; सुख पनि बाढौँ
माया बराबरी; सुखदुःख बराबरी ।

लेखकको सम्वन्धमा