सूर्य भगवान्

बिहानीको सुवास दिन्छ
सुद्धता र पवित्रताको
मेरो मनलाई आभास दिन्छ
मध्यमा किरण सिधा पारी
मलाई हेरिदिन्छ
तातो प्रधान गरीकन
पसिना नै फेरिदिन्छ
‘मेहेनत र मेहेनती
बन्नुपर्छ तिमी’ भन्छ
‘गति र पाइलाहरू छिटो
चाल’ तिमी भन्छ
‘अँध्यारो विसङ्गती र कुरीतिलाई
तिमीले चिर्नु छ’ भन्छ
‘ज्ञान र विज्ञानको ज्योति
तिमीले नै छर्नु छ’ भन्छ
अस्ताउन उनी लाग्छन् तर
‘तिमी अस्ताउनु हुन्न’ भन्छ
‘थकाइमा तिमी हराउनु हुन्न’ भन्छ
‘प्रकृतिको नियम मेरो
उधाउने र अस्ताउने तर
तिमी सधैँ चम्की रहनू भन्छ
उकाली र ओरालीमा लम्किरहनू’ भन्छ
‘हिमाल, पहाड र तराईमा मैले
किरण हर्दा तिमी अधि बढनू’ भन्छ
‘अन्याय र विकृतिको जरो तिमीले नि तोडनू’ भन्छ
‘मसँग उज्यालो छ
तिमीसँग अथाह ज्ञान
दुवै मिली यो देशको मुहार फेरौँ’ भन्छ
त्यसैले त उनी सूर्य भगवान् ।
लेखकको सम्वन्धमा