Epaper
Contact Us
October 8, 2024, Tuesday
२०८१ आश्विन २२, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
म त झुल टाँग्छु
सोइना दाहाल
२०७९ बैशाख १
547 views
सोइना दाहाल
मञ्जरी सेकेन्डरी स्कुल
कक्षा ६
त्यो साँझ म सुत्ने तरखरमा थिएँ । म अल्छी पाराले खाटमा यत्तिकै पल्टिरहेकी थिएँ । त्यत्तिकैमा मैले टिनिनिनि गरेको आवाज सुनेँ । मैले यसो हेरेको एउटा सानो पुतली देखेँ । त्यसपछि म पुतलीसँग बोल्न थालेँ ।
म : ए सानी पुतली !
सानी पुतली : हि हि हि…..
पुतली बोलिन; हाँसिरही मात्र । सानी पुतलीको चाला देखेर मलाई रिस उठ्यो । मैले रिसाउँदै भनेँ, ‘किन हाँसेकी सानी पुतली ? मैले त्यति राम्ररी बोलाउँदा पनि हाँस्नुपर्छ ?’
सानी पुतली : हि हि हि….सोइना दिदीले मलाई चिन्नुभएन जस्तो छ । म सानी पुतली होइन सानी लामखुट्टेचाहिँ हुँ ।
म : तिमी जोसुकै हौँ, म तिमीलाई सानी पुतली नै भनेर बोउँछु किनभने तिमी सानी पुतलीजस्तै छ्यौँ ।
सानी पुतली : हजुरले भनेको ठिकै होला । एक पटक नियालेर हेर्नु त । साँच्चै म पुतलीजस्तै छु त ?
त्यसपछि ऊ मेरा हातमा आएर बसी । मैले उसलाई नियालेर हेरेँ । यसका पनि पुतलीकै जस्ता ६ वटा खुट्टा थिए । पुतलीकै जस्ता दुईटा पँखेटा थिए । खानेकुरा र गन्ध थाहा पाउने सिङ थिए । पुतलीसँग पूmलको रस चुस्ने सुँड भए जस्तै सानी पुतलीसँग रगत चुस्ते सुँड थियो । तर यो पुतलीजस्तो रङ्गीचङ्गीचाहिँ थिएन । त्यसैले मलाई के हे भन्ने चाहिँ लागिरहेकै थियो । मलाई ऊसँग अझ बोलूँ जस्तो लाग्यो ।
म : तिमी सुत्ने बेलामा किन यता आएकी त सानी पुतली ?
सानी पुतली : खासमा म आहारा खोज्न हिँडेकी ।
म : तिम्रो आहारा के हो ? र त्यो यति राति पाइन्छ त ?
सानी पुतली : मानिस र जनावारको तातो रागत नै हाम्रो आहारा हो । राति मान्छे सुतेका बेला उनीहरूको तातो रगत चुस्न सजिलो हुन्छ । त्यसैले म अहिले तपाईंकै रगत चुस्न आएकी थिएँ ।
‘हँ’ म झसङ्ग भएँ । मलाई सानी पुतलीसँग डर लाग्यो । साँच्चै यसले मेरो रगत चुस्ने पो हो कि । म डराएको देखेर सानी पुतलीले मलाई शान्त पार्दै भनी– ‘नडराउनू न दिदी ।’
म : तिमी मेरो रगत चुस्न आएकी, अनि मै नडराउनू ?
सानी पुतली : हुन त म तपाईंको रगत चुस्नै आएकी थिएँ तर तपाईं असल हुनुहुन्छ जस्तो लाग्यो त्यसैले मलाई तपाईंको रगत चुस्न मन लागेन । मेरा आफन्त पनि तपाईंका रगत चुस्न आउँदै छन् । उनीहरूलाई तपाईंको माया नलाग्नसक्छ । त्यसैले उनीहरूले तपाईंको रगत चुस्छन् ।
म : ओहो ! मलाई त साह्रै दुख्छ होला !
सानी पुतली : दुख्ने मात्र हो र ! लामखुट्टेले टोक्दा त मान्छेलाई रोग पनि सर्न सक्छ ।
म : आम्मै ! हो र, कस्ता रोग सर्छन् साना पुतली ?
सानी पुतली : डेंगु, हात्तीपाइले, औलो, इन्सेफ्लाइटिसजस्ता रोग लामखुट्टेको टोकाइले सर्छन् नि । यी रोग त खतरा हुन्छन् नि सोइना दिदी ।
म : तिमीले मलाई टोक्दा पनि यी सबै रोग सर्छन् त, सानी पुतली ?
सानी पुतली : यी सबै रोग त म सार्न सक्दिनँ । म हात्तीपाइले र इन्सेफ्लाइटिस रोगचाहिँ सार्नसक्छु । क्युलेक्स जातका पोथी लामखुट्टेले टोक्दा यी नै दुई रोग सर्छन् । म पनि क्युलेक्स जातकी पोथी लामखुट्टे हुँ ।
म : के रे ? कहीँ लामखुट्टेको पनि मान्छेकै जस्तो जात हुन्छन् त ?
सानी पुतली : जात त हुन्छ तर मान्छेको जस्तो जातका आधारमा भेदभावचाहीँ हुँदैन ।
म : उसो भए जातका आतका आधारमा के हुन्छ त ?
सानी पुतली : लामखुट्टेका जातका आधारमा फरक फरक रोग सार्ने काम हुन्छ । जस्तै : हामी क्युलेक्स जातका पोथी लामखुट्टेले हात्तीपाइले र इन्सेफ्लाइटिस रोग सार्नसक्छौँ । एडिस जातका पोथी लाम्खुट्टेले डेंगु रोग सार्नसक्छन् भने एनोफिलिस जातका पोथी लामखुट्टेले औलो रोग सार्न सक्छन् ।
म : तिम्रा कुरा सुनेर मलाई त डर पो लाग्यो त । यस्ता रोगबाट कसरी बच्न सकिन्छ नि ?
सानी पुतली : लामखुट्टेको टोकाइबाट बचेपछि मात्र यी रोगबाट बच्न सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्न झुल टाँगेर सुत्नुपर्छ । झुल नभए पूरै जिउ ढाकिने लुगा लगाएर सुत्नुपर्छ । हामीलाई मार्ने धुपहरू बाल्न पनि सकिन्छ । हि हि हि… तर मलाई चाहिँ नमार्नू नि सोइना दिदी । झन् तपाईंलाई सिकाउँदै छु ।
अर्का कोठामा टिनिनिनिको झन् ठुलो आवज सुनियो । सानी पुतलीले डराउँदै र चनाखो हुँदै भनी, ‘सुन्नु भो त दिदी, मेरा आफन्तहरू आउनुभयो होला । हजुर छिटो झुल टाँगेर सुत्नुहोला ।
उसले भनेका कुरा सुनेर म जुरुक्क उठेँ । झुल खोजेँ र खुरुक्क टागेँ अनि झुलभित्र सुतेँ । त्यसपछि म सधैँ झुल टाँगेर मत्र सुत्छु ।
लेखकको सम्वन्धमा
सोइना दाहाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
तीन मुक्तक
मेरो चित्रकला
मनोहर माध्यमिक विद्यालय टोखामा स्वास्थ्य प्रदर्शनी
कस्तो यो सहर !
मेरो कलम
धेरै पढिएको
लेखकको सम्वन्धमा